सारा–कार्तिकको ‘लव आजकल’का धेरैजसो अंतरङ्ग दृश्यमा सेन्सर बोर्डले चलायो कैंची
सारा अली खान र कार्तिक आर्यन स्टारर ‘लव आजकाल’ १४ फेब्रुअरीमा रिलिज हुँदैछ । भारतको सेन्सर बोर्डले फिल्मलाई यू÷ए सर्टिफिकेट दिँदै धेरैजसो अंतरङ्ग दृश्यमा कैंची चलाएको छ । रिपोर्टका अनुसार बोर्डले फिल्मको सुरुवाती चुम्बनको दृश्यलाई घटाइदिएको छ । एउटा अंतरङ्ग पललाई सानो बनाएर त्यसमा सुधार गरिएको पनि जानकारी दिएको छ । एक अंतरङ्ग पललगत्तै देखाइएको क्लिभेज भिजुअललाई ब्लर गर्न निर्देशन पनि दिएको छ ।
बोर्डले इम्तियाज अलीको निर्देशनमा बनेको यो फिल्मको सेकेन्ड हाफमा अभिनेताले आफ्नो कपडा फुकालिरहेको दृश्य पनि हटाउन आदेश दिएको छ । यतिमात्रै होइन फिल्मको अडियोमा पनि सेन्सर गरिएको छ । एउटा ‘सेक्सुअल्ली एब्युसिभ’ शब्दलाई कम आपत्तिजनक शब्दमा परिवर्तन गर्न भनिएको छ । साथै A**,F**K र F*****g लाई म्युट गर्न भनिएको छ । र अन्त्यमा ‘हरामजादों’ शब्दलाई ‘साले बेशर्मों’ मा परिवर्तन गर्न भनिएको छ ।
२ घण्टा २१ मिनेटको फिल्मः
फिल्म २ घण्टा २१ मिनेट लामो छ । कार्तिक र साराबाहेक यसमा रणदीप हुड्डा र आरुषि शर्माको पनि महत्वपूर्ण भूमिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण