मान्यतासँग विवाह गरेको १२ वर्ष पूराः संजयले भने, ‘थाहा छैन, तिमीबिना म के गरुँला’
संजय दत्त र मान्यताको विवाह भएको १२ वर्ष पूरा भएको छ । यो मौकामा यी दुईले एकअर्कालाई सोसल मिडियामार्फत् बधाई दिए ।
संजयले मान्यतासँगको केही तस्बिर सेयर गर्दै लेखे, ‘थाहा छैन, तिमीबिना म के गरुँला, ह्याप्पी एनिभर्सरी ।’
यसमा मान्यताले ‘हार्ट शेप’ को इमोजीमार्फत् कमेन्ट गरेर आफ्नो प्रेम दर्साइन् ।
मान्यता पनि भइन् भावुकः
त्यसपछि मान्यताले पनि इन्स्टाग्राममा संजयसँगको एउटा तस्बिर सेयर गर्दै लेखिन्, ‘जस्तोसुकै परिस्थितीमा तपाईंलाई साथ दिने व्यक्ति तपाईंकै छेउमा छन् भनेर महसुस हुनुजस्तो ठूलो भावना अरु केही हुनै सक्दैन । ’
संजयकी तेस्री श्रीमती हुन् मान्यताः
संजयले मान्यतासँग सन् २००८ फेब्रुअरी ११ मा विवाह गरेका हुन् । उक्त विवाह हिन्दु रितिरिवाज अनुसार भएको थियो । यी दुईमा जुम्ल्याहा सन्तान (छोरा शाहरान र छोरी इकरा) छन् । मान्यता संजयभन्दा लगभग १९ वर्ष कान्छी छिन् । मान्यता संजयकी तेस्री श्रीमती हुन् । मान्यता अघि संजयकी श्रीमती रिया पिल्लई थिइन् जोसँग उनको सम्बन्धविच्छेद भएको थियो । उनीअघि संजयकी पहिलो श्रीमती ऋचा शर्मा थिइन् जसको सन् १९९६ मा ब्रेन ट्युमरका कारण निधन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण