सुदूरपश्चिम प्रदेशसभा : आठ जिल्लाबाट एकै साथ भिडियो कन्फरेन्स
कैलाली । सुदूरपश्चिम प्रदेशसभाले प्रदेशका कञ्चनपुरबाहेक आठ जिल्लाबाट एकै साथ भिडियो कन्फरेन्स गरेको छ । डिजिटल प्रविधि जडान गरेपछि आज सो भिडियो कन्फरेन्स गरेको हो ।
प्रदेश सभा सचिवालयको बैठक कक्षमा क्यामेरासहितको एलइडी मोनिटर, अडियो सिस्टम र २० एमबीपीएसको इन्टरनेट जडान गरिएको छ । आठ जिल्लाका प्रतिनिधिहरुसँग एक साथ परिचयात्मक कार्यक्रम गरी सभामुख अर्जुनबहादुर थापाले सो भिडियो कन्फरेन्स प्रविधि उद्घाटन गरे ।
भिडियो कन्फरेन्स उद्घाटनमा जिल्लाका समन्वय समितिका पदाधिकारी तथा सदस्यहरु र टीकापुर नगरपालिकाका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति थियो । भिडियो कन्फरेन्स हलमा आठ स्थानबाट एकै पटक भिडियो कनेक्ट गरी सबै ठाउँमा एकै किसिमका भिडियो देखिने र अडियो सुनिने व्यवस्था गरिएको थियो ।
सभामुख थापाले सो प्रविधिले प्रदेश सभाले सबै जिल्लासँग एक साथ गर्नुपर्ने छलफल आफ्नै हलमा बसेर सबैसँग गर्न सक्ने बताए । उनले प्रदेश सभा सदस्यहरु तथा समितिहरुले समेत स्थानीय जनतासँग समेत आफ्नै कार्य कक्षबाट सीधा संवाद गर्न सक्ने बताए ।
यसका साथै विपद्को बेलामा समेत सोही प्रविधिबाट छलफल गरी समस्या समाधानका लागि छलफल गरी निर्णय गर्न सकिने सचिवालयले जनाएको छ ।
प्रदेशसभा सचिवालयले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को सहयोगमा भिडियो कन्फरेन्स हल स्थापना गरेको हो । प्रदेश सभा सचिवालयले युएनडीपीकै सहयोगमा प्रदेशसभाको गतिविधि युट्युवमा लाईभ गर्ने लगायतको डिजिटल प्रविधि प्रदेशसभामा जडान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण