तुलसी प्रसाद गौतम बने हिमालयन बैंकको अध्यक्ष, सुनील थापा पनि सञ्चालक समितिमा
काठमाडौँ । कर्मचारी सञ्चय कोषका प्रशासक तुलसी प्रसाद गौतम हिमालयन बैंकको अध्यक्षमा चयन भएका छन् । बैंकको बुधबार सम्पन्न साधारणसभाबाट गौतम अध्यक्षमा चयन भएका हुन् ।
गाैतम आएसँगै विगत १६ वर्षदेखि लगातार अध्यक्ष बनेका मनोजबहादुर श्रेष्ठ नेतृत्वबाट बाहिरिएका छन् ।
बैंकको संचालक समितिमा गौतमसहित प्रचण्ड बहादुर श्रेष्ठ, फैजल एन ललानी, सुनिल बहादुर थापा र आशिष शर्मा निर्बिरोध निर्वाचित भएका छन् । सुनील थापा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन् । ती मध्यबाट गौतम अध्यक्षमा निर्वाचित भएका हुन् ।
यसैबीच साधारण सभाले शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र १२ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यो बोनस शेयरको वितरण पश्चात बैंकको चुक्ता पूँजी रु. ९ अर्ब ३७ करोड २२ लाख ८१ हजार ४ सय २८ पुग्ने बैंकले जनाएको छ ।
सर्वसाधारण बाहेक हाल हिमालयन बैंकमा हबिब बैंक पाकिस्तान(२० प्रतिशत), कर्मचारी सञ्चयकोष(१४ प्रतिशत), मनोजबहादुर श्रेष्ठको एन ट्रेडिङ कम्पनी(१२.७१ प्रतिशत), खेतान समूहको म्युचुअल ट्रेडिङ(११.८५ प्रतिशत) तथा राणा समूहको आभा इन्टरनेशनल(११.३८ प्रतिशत) बैंकमा सेयर छ । मनोजबहादुर श्रेष्ठका भाइको छायाँ इन्टरनेशनलको ८.८९ प्रतिशत सेयर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण