तनहुँमा दुई लागुऔषध कारोबारी पक्राउ
बुधबार, २९ माघ २०७६, १७ : ०५
पोखरा । तनहुँमा दुई जना लागुऔषध कारोबारी पक्राउ परेका छन् । जिल्लाको आँबुखैरेनी गाउँपालिका १ सत्रसयबाट प्रहरीले उनीहरलाई पक्राउ गरेको हो । प्रहरीलाई प्राप्त विशेष स्र्रूचनाअनुसार लमजुङको सुन्दरबजार नगरपालिका ६ का २४ वर्षीय सुजना तामाङ र आबुँखैरेनी सत्रसयकै २० वर्षीय आइते तामाङ पक्राउ परेका हुन् ।
ना १७ प ३३७२ नम्बरको स्कुटरमा सवार उनीहरुलाई चेकजाँच गर्दा डाइजापाम ५२ थान, नुफिन ५१ थान, फेनेरागन ५३ गरि जम्माजम्मी १ सय ५६ थान लागुऔषध उनीहरुबाट प्रहरीले बरामद गरेको छ ।
घटनाकोबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्योगी व्यवसायीको हितका लागि नीतिगत सुधारको अभियानमा छु : मन्त्री भण्डारी
-
सत्तारुढ गठबन्धन र कांग्रेसबिच संसदीय छानबिन समिति गठन गर्ने सहमति
-
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
-
तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु
-
तलब बढाउन नेपाल राष्ट्रिय कर्मचारी संगठनको माग
-
गैरकानुनी रूपमा विदेश गएर जोखिममा परेका श्रमिकलाई उद्धार गर्ने गरी छुट्टै कोष स्थापना गरिने