तनहुँमा दुई लागुऔषध कारोबारी पक्राउ
बुधबार, २९ माघ २०७६, १७ : ०५
पोखरा । तनहुँमा दुई जना लागुऔषध कारोबारी पक्राउ परेका छन् । जिल्लाको आँबुखैरेनी गाउँपालिका १ सत्रसयबाट प्रहरीले उनीहरलाई पक्राउ गरेको हो । प्रहरीलाई प्राप्त विशेष स्र्रूचनाअनुसार लमजुङको सुन्दरबजार नगरपालिका ६ का २४ वर्षीय सुजना तामाङ र आबुँखैरेनी सत्रसयकै २० वर्षीय आइते तामाङ पक्राउ परेका हुन् ।
ना १७ प ३३७२ नम्बरको स्कुटरमा सवार उनीहरुलाई चेकजाँच गर्दा डाइजापाम ५२ थान, नुफिन ५१ थान, फेनेरागन ५३ गरि जम्माजम्मी १ सय ५६ थान लागुऔषध उनीहरुबाट प्रहरीले बरामद गरेको छ ।
घटनाकोबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण