कोरोना क्वारेन्टाइन खरिपाटी र नगरकोट : घर छोडेर अन्यत्र जाने स्थानीयको चेतावनी
भक्तपुर । चीनबाट ल्याइने नेपालीलाई १४ दिन राख्न बनाइएको खरिपाटी र पिपलबोट (नगरकोट) क्वारेन्टाइनको बारेमा केन्द्र सरकार र स्थानीय सरकारबीच समन्वयको अभाव देखिएको छ ।
बुधबार चाँगुनारायण नगरपालिकाको सभाकक्षमा भएको अन्तरक्रियाका क्रममा स्थानीय जनप्रतिनिधिहरुले सरकारको निर्णयको विरोध गर्दै बैठक पुस्तिकामा हस्ताक्षर समेत गरेनन् ।
प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयले स्थानीय सरकारसंग समन्वय नगर्दा आक्रोश र विरोध जारी छ ।
चाँगुनारायण नगरपालिका वडा नम्बर ७, खरीपाटीमा रहेको विद्युत् प्राधिकरणको तालिम केन्द्रमा चीनबाट ल्याइने नेपालीलाई क्वारेन्टाइनको व्यवस्था गरेपछि स्थानीय बासिन्दामा त्रास फैलिएको छ ।
नगरप्रमुख सोमप्रसाद मिश्रले आफूलाई दैनिकजसो स्थानीय बासिन्दाले ज्ञापनपत्र बुझाउँदै चीनबाट फर्किएका नेपाली खरिपाटीमा राखे सो अवधिभर घर छोडेर अन्यत्र जान्छौं भन्दै विरोध गर्ने गरेको बताए ।
उनले ‘सरकारले हाम्रो नगरपालिकालाई डम्पिङ साइट मात्र बनाउने खोजेको जस्तो देखियो, हाम्रो सहमति किन खोजिएन ?’ भन्दै प्रश्न गरे ।

नगरप्रमुख मिश्र जस्तै वडा नम्बर १ का वडाध्यक्ष राजेश खड्का, ६ का सन्ते वाइवा, ७ का ज्ञानबहादुर केसीले पनि स्थानीय सरकारलाई वेवस्था गर्दै केन्द्र सरकारले एकलौटी निर्णय गरेको तर जनतालाई जवाफ आफूहरुले दिन परिरहेको गुनासो गरे ।
यता स्थानीय बासिन्दा प्रकाश लामिछानेले भने सरकारले कोरोना रोग लागेका बिरामी नभएर प्रभावित क्षेत्रका स्वस्थ्य नेपाली ल्याएर राख्ने भनेर चेतना यस क्षेत्र वरपर फैलाउन नसकेको बताए ।
कसरी ल्याइन्छ, कसरी राखिन्छ ?

चीनको वुहान शहरमा रहेका१ सय ८० जना नेपाली स्वदेश आउनका लागि सरकारको पर्खाइमा छन् । उनीहरुलाई फागुन ३ गते विशेष विमानमार्फत नेपाल फर्काइने छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएपछि उनीहरुलाई ५ वटा बसमा राखेर भक्तपुरको खरिपाटी क्वारेन्टाइनमा लगिने स्वास्थ्य सेवा विभाग, इपिडेमियोलोजी तथा महामारी व्यवस्थापन विभागका डाक्टर फडिन्द्र प्रसाद बरालले जानकारी दिए ।
खरिपाटीमा सर्वसाधरणलाई राखिने र चाँगुनारायण नगरपालिका वडा नम्बर ६, पिपलबोटमा रहेको खानेपानीको तालिम केन्द्रमा उनीहरुलाई लिन जाने विमान चालक दलका सदस्य, कर्मचारीहरुलाई राखिने डाक्टर बरालले जानकारी दिए ।

४ वटा भवनमा प्रत्येक कोठामा ३ जनालाई राखिने गरी व्यवस्थानपन गरिएको छ । उक्त क्वारेन्टाइनमा डाक्टर, नर्स, औषधीकर्मी र चालक १/१ जना २४ घण्टा तैनाथ हुनेछन् । सुरक्षाका लागि भवनभन्दा बाहिर गेटमा नेपाली सेना, शस्शत्र प्रहरी र नेपाल प्रहरी रहने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण