कैलालीमा कैदीबीच प्रेम दिवस मनाइयो
कैलाली । आज १४ फेब्रुअरी, अर्थात् प्रेम दिवस । प्रेमी–प्रेमिकाले खुलेर माया प्रिती गास्ने दिन ।
कैलालीमा भने फरक किसिमले प्रेम दिवस मनाइएको छ । हेल्प फर ह्याप्पीनेसले एकाबिहानै कैलाली कारगारमा कैदीहरुलाई गुलाफको फूल र चकलेट उपहार दिदैँ प्रेम दिवस मनाएको हो । कारागारका कैदीलाई एक्लो छु भन्ने महसुस हुन नदिन प्रेम दिवस मनाइएको सो संस्थाले जनाएको छ ।
कारागारका चार सय ७८ कैदीबन्दीलाई फूल र चकलेट उपहार दिए दिवस मनाइएको हो । सो संस्थाका सुदूरपश्चिम संयोजक घनश्याम भण्डारीले कैदीहरुलाई कानूनभन्दा माथि कोही नहुने भएकाले जानी÷नजानी भएका गल्तीको सजाय भोगिरहेका कारण विचलित नहुन पनि आग्रह गरे ।
कैलाली कारागारका जेलर विरेन्द्रबहादुर बोहोराले कैदीबन्दीको पीडा बुझेर प्रेम दिवसमा उनीहरुलाई केही क्षणका लागि सामिप्यता दिएकोमा हेल्फ फर ह्यापीनेस सुदूरपश्चिमलाई धन्यवाद दिए ।
कारागारका सुरक्षा प्रमुख प्रहरी नायव निरीक्षक रामचन्द्र पन्तले प्रेम सबैलाई आवश्यक पर्ने बताए । उनले प्रेमी–प्रेमिकाबीच मात्र नभएर प्रेमले परिवार, समाज र राष्ट्रलाई एकढिक्का बनाएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण