सांसद चौधरीको रिहाइको माग गर्दै थरुहटका नेता आमरण अनसनमा
कैलाली । कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरीसहित ११ जनाको रिहाइको माग गर्दै थरुहटका नेताले आमरण अनसन शुरु गरेका छन् ।
२०७२ सालमा भएको टीकापुर घटनाबारे सत्यतथ्य छानबिन गर्न र सांसद चौधरीसहित ११ जनालाई रिहाइ को माग गर्दै कैलालीमा थरुहटका नेताले आमरण अनसन शुरु गरेका हुन् ।
हिजोबाट कैलालीको क्याम्पस रोडमा आमरण अनसन बस्दै थरुहट थारुवान मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारु र खसान संघर्ष समितिका केन्द्रीय उपाध्यक्ष रघुवीर ठगुन्नाले सांसद चौधरी लगाएत ११ जनाको रिहाइ र पूर्वन्यायधिश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक समिति, गृहमन्त्रालयद्वारा अनुसन्धानका पूर्वप्रमुख देवीराम शर्माको संयोजकत्वमा गठिन छानविन समितिको प्रतिवेदन र सार्वदलीय संसदीय समितिको प्रतिवेदनहरु सार्वजनिक गर्नलगायतका माग समेत राखेका छन ।
उनले आफूहरु समानता र अधिकारका लागि बोल्न नडराउने बताए । थारुले भने, ‘अब हामी लाल सलाम र जय नेपाल भन्दै आफ्नो पहिचान र अस्तित्व बेच्न चाहदैनौँ ।’
‘रेशम चौधरीलाई चुनाव लड्न दिने तर चुनाव जितिसकेपछि जेलमा हाल्ने ?,’ मोर्चाका संयोजक थारुले भने, ‘किन हामीमाथि झुठा मुद्दा लगाइन्छ ? यहि हो नेपालको संविधान ?’
त्यसै गरी खसान संघर्ष समितिका केन्द्रीय उपाध्यक्ष रघुवीर ठगुन्नाले मोर्चाले थालेको आन्दोलनप्रति एक्येबद्धता जनाए ।
मोर्चाको आन्दोलन तथा अनसनलाई आदिवासी जनजाति महासंघ, मिसन अम्बेडकर नेपाल, खसान संघर्ष समिति, खम्बुवान राष्ट्रिय मोर्चा, संघीय लोकतान्त्रिक मञ्च, नेपाल राष्ट्रिय पार्टी, संयुक्त खस क्षेत्री नेपाललगायत संघ संस्थाले ऐक्यबद्धता जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण