सडक नबनेको भन्दै आक्रोश
शनिबार, ०३ फागुन २०७६, ०९ : ०४
ललितपुरको चापागाउँ–खुमलटार सडकखण्ड लामो समयसम्म कालोपत्रे नभएपछि स्थानीयबासी विरोधस्वरुप धर्नामा बस्ने भएका छन् ।
ठेक्का सम्झौता भएको ४ वर्ष बितिसक्दासमेत सो सडकखण्डको काममा प्रगति नभएपछि स्थानीयले सास्ती खेप्दै आएका छन् ।
सो सडकको ठेक्का लिएका शारदाप्रसाद अधिकारीले काम नगरेपछि स्थानीय आक्रोशित छन् । सोही सडकखण्डमा अधिकारीको घर रहेको छ भने सो घरमा हाल नेकपा अध्यक्ष प्रचण्ड बस्दै आएका छन् ।
यसअघि पटक पटक आन्दोलन गरिसकेका स्थानीयले यसपटक भने प्रचण्ड बसेको ठेकेदारको घर घेराउ गर्ने तयारी गरेको खबर आजको राजधानी दैनिकमा छापिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातामा ५२ अङ्कले घट्यो सेयर बजार, लगानीकर्ताले गुमाए ८७ अर्ब
-
फेवातालबाट भारतीय युवकको उद्धार
-
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
-
सरकार नागरिकको जीवन रक्षाभन्दा सोसल मिडिया म्यानेजमेन्टमा व्यस्त: सचेतक राई
-
गणेश नेपालीको मृत्युबारे निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न नेकपाको माग
-
इचङ्गुनारायणको अपार्टमेन्टमा राखिएका सुकुमबासीलाई पाँच दिनदेखि न खाना, न पानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण