छोरीले दाइजोमा आफ्नो तौल बराबरको किताब मागिन्, पिताले ६ महिनामा जुटाए २२ सय किताब
साधारणतया, जन्मघरबाट बिदा गर्नेबेला मानिसहरुले आफ्नी प्यारी छोरीलाई उपहारको रुपमा गहना, कपडा, साजसज्जाका सामग्री, नगद इत्यादि दिन्छन् । तर भारतको गुजरातको राजकोटमा एक पिताले बिहीबार आफ्नी छोरीलाई २२ सय किताब दिएर बिदा गरे ।
वास्तवमा, शिक्षक हरदेव सिंह जाडेजाकी छोरी किन्नरी बालाई बाल्यकालदेखि नै किताब पढ्ने शोख छ । उनको घरमा पाँच सय किताबको लाइब्रेरी छ । जब उनको विवाह इन्जिनियर पूर्वजीत सिंह हुने निश्चित भयो तब उनले दाइजोको रुपमा आफ्नो तौल बराबरको किताब मागिन् । तब पिता हरदेव सिंहले छोरीको इच्छा पूरा गरिदिने सोच बनाए । पूर्वजीत सिंह क्यानडामा बस्छन् ।
किताब जुटाउन ६ महिना लाग्योः
हरदेव सिंहले सुरुमा आफूलाई मनपर्ने किताबको सूची बनाए । त्यसपछि ६ महिनासम्म दिल्ली, काशी र बेंगलुरुसमेत विभिन्न शहरबाट किताब जम्मा गरे । यसमा महर्षि वेद व्यासदेखि आधुनिक लेखकका अंग्रेजी, हिन्दी र गुजराती भाषाका किताब समावेश छन् । कुरान, बाइबलसमेत १८ पुराण पनि समावेश छन् । उनले उक्त किताबलाई गाडीमा भरेर छोरीको बिदाई गरेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण