भीएआरले साथ नदिँदा चेल्सीलाई युनाइटेडको धक्का
इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीलाई म्यानचेस्टर युनाइटेडको नराम्रो धक्का लागेको छ । सोमबार राति भएको खेलमा चेल्सी युनाइटेडसँग २–० गोलले पराजित भयो ।
चेल्सीका दुई वटा गोलले भीएआरको सहायतामा मान्यता नपाउँदा निरास बनेको थियो । चेल्सीलाई उसैको मैदानमा हार चखाउन युनाइटेडका एन्थोनी मार्सियल र ह्यारी मिगुएरले गोल गरे ।
४५औँ मिनेटमा एन्थोनी मार्सियालले आरोना विशाखाको पासमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । दोस्रो हाफमा सानदार प्रदर्शन गरेको चेल्सीले गोलको अवसर पनि बनायो । तर, ५४औं मिनेटमा कोर्ट जोउमाले गरेको गोललाई भीएआरको सहायतामा मान्यता दिईएन ।
६६ औँ मिनेटमा ह्यारी मिगुएरले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाए । उनले ब्रुनो फर्नान्डेजको पासमा गोल गरेका थिए । त्यसपछि ७७ औँ मिनेटमा चेल्सीका ओलिभर गिरुउडको गोललार्ई भीएआरकै सहायतामा अफसाइड दिएपछि चेल्सी हार खेप्न बाध्य बनेको थियो ।
हारसँगै चेल्सी चौथो स्थानमा छ । चेल्सीले २६ खेलबाट ४१ अंक बनाएको छ । ३८ अंक बनाएको युनाइटेड सातौं स्थानमा उक्लिएको छ ।
एउटै सिजनमा युनाइटेडले चेल्सीलाई गोल नखाइ दुई पटक पराजित गरेको सन् १९६४–६५ सिजन पछि पहिलो पटक हो । यता, चेल्सीले सन् १९९४–९५ पछि पहिलो पटक एक सिजनमा घरेलु मैदानमा सात खेलमा पराजित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण