पाकिस्तानमा रहस्यमयी ग्यासका कारण १४ जनाको मृत्यु, साढे दुई सय प्रभावित
पाकिस्तानको कराँची शहरको केमारी इलाकामा रहस्यमयी ग्यास लिक हुँदा एक दर्जन बढी व्यक्तिको मृत्यु भएको छ । तर अहिलेसम्म यो ग्यासको स्रोत पत्ता लाग्न सकेको छैन ।
सिन्ध प्रान्तको स्वास्थ्य विभागले बताए अनुसार मृतकको संख्या १४ पुगेको छ । अधिकारीले विगत दुई दिनदेखि ग्यास कहाँबाट निस्किएको हो भनेर पत्ता लगाउन खोजिरहेको छ ।
केमारी इलाकाका मानिसहरुमा सास फेर्न गाह्रो हुने, आँखा, घाँटी र नाक पोल्ने र आँखाबाट आँसु बग्ने समस्या देखिएको छ ।
आइतबार रातीदेखि अचानक मानिसहरुमा समस्या देखिन सुरु भएपछि उनीहरु अस्पताल जान सुरु गरेका थिए ।
सिन्ध प्रान्तको नगरपालिका मन्त्री नासिर हुसैन शाहले अहिलेसम्म साढे दुई सय प्रभावित व्यक्तिलाई अस्पतालमा भर्ना गरेका छन् जसमा धेरैजसोलाई उपचारपछि घर पठाइएको छ ।
मन्त्रीका अनुसार यो घटना कसरी भयो, यसबारे अनुसन्धान गरिँदै छ । उनले भने, ‘सुरुवाती रिपोर्ट आउने बित्तिकै मिडियामार्फत् मानिसहरुलाई जानकारी दिइनेछ र विश्वास दिलाइनेछ ।’
उनले अहिले कराँची युनिभर्सिटीको ल्याब र पिसीएसआईआरमा नमूनाको अध्ययन गरिएको जानकारी दिए ।
कराँचीको एक थानामा यसबारे मुद्दासमेत दर्ता गरिएको छ ।
मृतकको पोस्टमार्टमा पनि गरिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण