जनता संघर्षमा उत्रनुपर्ने अवस्था सिर्जना भयोः डा लोहनी
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले जनताको सम्पत्तिमाथि खेलवाड भएको भन्दै जनता संघर्षमा उत्रनुपर्ने अवस्था सिर्जना भएको बताएका छन् ।
देशमा विकसित बेथिती, भष्टाचार र राज्यसत्ताको बेथितिलाई इंगित गर्दै अध्यक्ष लोहनीले जनताको भूमिका टड्कारो भएको बताएका हुन् ।
प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै लोहनीले भनेका छन्, ‘प्रजातन्त्रको मान्यताअनुसार देशको सार्वभौमिकता, शासन व्यवस्थाको आधार जनताको सर्वोच्चतामा निहीत हुन्छ ।’
‘प्रजातान्त्रिक पद्धतिको यही यथार्थ बुझेर शासनमा बस्नेहरूले काम गर्नु पर्ने हो तथापि जनताको साधन श्रोत र सम्पतिमाथि खेलवाड भएको छ । त्यसैले त्यसको विरुद्धमा जनता आफै उत्रनु पर्छ भन्ने चिन्तन आजको आवश्यकता भएको हो,’ सन्देशमा उनले भनेका छन् ।
फागुन ७ गतेले अगाडि बढ्न आम नेपालीलाई प्रेरणा दिनेछ भन्दै लोहनीले देशको भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता र नेपाली जनताको स्वतन्त्रतालाई थप सुदृढ गर्दै देशलाई विकास र समृद्धिको मार्गमा अगाडि बढाउन सकिने विश्वास व्यक्त गरेका छन् ।
‘ऐतिहासिक जनआन्दोलनमार्फत सार्वभौम नेपाली जनताले फागुन ७ गते राणा शासन ढालेर प्रजातन्त्र स्थापना गरेको गौरवपूर्ण र अविस्मरणीय दिन हो,’ लोहनीले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।
२००७ सालको आजकै दिन सार्वभौम नेपाली जनताको अथक शक्तिबाट राणा शासन पराजित भएर प्रजातन्त्र स्थापना भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण