मन्त्रिपरिषद् बैठक निर्णय
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
बुधबार, ०६ साउन २०८३, १६ : २२
सारांश
- सरकारले पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा विभिन्न शुल्क छुट दिने निर्णय गरेको छ।
- २०८५ भदौ मसान्तसम्मका लागि पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्क पूर्ण रूपमा छुट हुनेछ।
- ग्राउन्ड ह्यान्डलिङ शुल्कमा पनि ५० प्रतिशत छुट दिने निर्णय गरिएको छ।
काठमाडौँ । सरकारले पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा विभिन्न शुल्क छुट दिने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले २०८५ भदौ मसान्तसम्मका लागि यस्तो सहुलियत दिने निर्णय गरेको हो।
शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले दिएको जानकारी अनुसार यी दुई विमानस्थलमा पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्क पूर्ण रूपमा (१०० प्रतिशत) छुट हुनेछ। यस्तै, ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय सरकारले गरेको छ।
यी विमानस्थललाई चलायमान बनाउन र अन्तर्राष्ट्रिय उडानहरू आकर्षित गर्न सरकारले यस्तो सहुलियत दिने कदम चालेको बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण