तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सारांश
- कालीकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष र निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
- आर्थिक वर्ष २०७५/०७६ मा सडक निर्माण योजनामा वास्तविक कार्यभन्दा बढी मूल्याङ्कन देखाई सरकारी रकम हिनामिना गरेको आरोपमा मुद्दा दायर गरिएको हो ।
- कम भएको कामको पनि बढी भुक्तानी दिई नेपाल सरकारलाई ८ लाख ८ हजार ६ सय ८० रुपैयाँ ५७ पैसा हानि-नोक्सानी पुर्याएको आयोगको ठहर छ ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालीकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष र निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आर्थिक वर्ष २०७५/०७६ मा सडक निर्माण योजनामा वास्तविक कार्यभन्दा बढी मुल्याङ्कन देखाई सरकारी रकम हिनामिना गरेको आरोपमा आयोगले बुधबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको हो ।
पलाँता गाउँपालिकाको बेल्केढुङ्गा–लेखनवाडा–दुर्सी–पागोटी सडक निर्माणका लागि विनियोजित बजेटमा अनियमितता भएको आयोगको दाबी छ । ४० लाख रुपैयाँ बजेट रहेको उक्त योजनामा १ हजार २०० घनमिटर ग्याभिन भर्ने काम भएको भनी झुटो नापी किताब र कार्य सम्पन्न प्रतिवेदन बनाएर उपभोक्ता समितिलाई ३८ लाख रुपैयाँ भुक्तानी गरिएको थियो । तर, आयोगको प्राविधिक टोलीले स्थलगत नापजाँच गर्दा फिल्डमा ९३९.५० घनमिटर मात्र काम भएको भेटिएको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।
कम भएको २६०.५० घनमिटर कामको पनि बढी भुक्तानी दिई नेपाल सरकारलाई ८ लाख ८ हजार ६ सय ८० रुपैयाँ ५७ पैसा हानि–नोक्सानी पुर्याएको आयोगको ठहर छ ।
आयोगले गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर बम, लेखा प्रमुख खिमलाल पुन, सहायक लेखापाल मुनीप्रसाद प्याकुरेल, सब–इन्जिनियरद्वय विनोद कुमार बम र नन्दबहादुर सिंह विरुद्ध बिगो बमोजिम जरिवाना र कैद सजायको माग गरेको छ ।
यस्तै, गलत प्रतिवेदनमा सहमति दिने तत्कालीन उपाध्यक्ष दाना न्यौपाने र वडा नम्बर ९ का वडा अध्यक्ष टक्क बहादुर बम विरुद्ध पनि भ्रष्टाचार निवारण ऐन बमोजिम सजायको मागदाबी गरिएको छ ।
त्यसैगरी, उपभोक्ता समितिका अध्यक्ष कुम्भ बहादुर बम, कोषाध्यक्ष सुलाक्षिना बम र सचिव कमल बहादुर बम विरुद्ध पनि मुख्य अभियुक्त सरह सजाय र बिगो असुल उपर गर्न माग गर्दै मुद्दा दायर गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण