कर्पोरेट सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको उपाधी कामना सेवा बिकास बैंकलाई
काठमाडौं– माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स सिजन सिक्सको उपाधि कामना सेवा बिकास बैंकले जितेको छ ।
फागुन ३ गते शनिबार देखि काठमाडौँको कीर्तिपूर स्थित अन्तर्राष्ट्रिय रंगशालामा जारी माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स सिजन सिक्स अन्र्तगत आज भएको फाईनल खेलमा भारतिय राजदुताबासलाई ८ रनले हराउँदै कामना सेवा विकास बैंकले उपाधि जितेको हो ।
फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ्ग गर्दै कामना सेवा विकास बैंकले दिएको ६३ रनको लक्ष्य पच्छ्याउने क्रममा भारतीय राजदूतावासले पुरा ५ ओभर ब्याटिङ्ग गर्दै ५४ रन मात्र बनाउन सक्यो।
भारतीय राजदूतावासको लागि सुभास सिंहले २८ तथा निरज कुमार सिंहले ११ रन बनाए। कामना सेवा विकास बैंकको बलिंगमा हेमन्त श्रीवास्तव, केशव गिरी र घनश्याम ढुंगेलले समान एक÷एक विकेट लिए ।
यस अघि कामना सेवा विकास बैंकले ५ ओभर ब्याटिङ्ग गर्दै ५ विकेट गुमाएर ६२ रन बनाएको थियो। कामनाको लागि हेमन्त श्रीवास्तवले सर्वाधिक ३३ रन बनाए जुन क्रममा १७ बलमा ५ चौका र १ छक्का प्रहार गरे। सुरेश उप्रेतीले १३ रन बनाए । भारतीय राजदूतावासका बलर निरज सिंहले १ विकेट लिए ।
यस अघि सम्पन्न पहिलो सेमीफाइनलमा भारतीय राजदूतावासले एनसेल ‘ए’ लाई १९ रनले पराजित गरेको थियो। यस्तै कामना सेवा विकास बैंकले सिभिल बैंकलाई १५ रनले पराजित गरेको थियो।
फाइनल खेलको प्लेयर अफ द म्याच कामना सेवा विकास बैंकका हेमन्त श्रीवास्तव चुनिए । प्रतियोगिताको उत्कृष्ठ खेलाडी कामना सेवा विकास बैंकका हेमन्त श्रीवास्तव चुनिए जसले प्रतियोगिताभर कुल २ सय ५ रन बनाउनुको साथै ४ विकेट लिए। यस्तै उत्कृस्ट बलर प्राइम कमर्सियल बैंकका विवेक दली चुनिए। उत्कृस्ट ब्याट्सम्यान सेन्चुरी बैंकका सुरज तिमिल्सिना चुनिए।
उत्कृस्ट किपर भारतीय राजदूतावासका राजेश चौधरी तथा उत्कृस्ट फिल्डर प्राइम कमर्सियल बैंकका बिबेक दली चुनिए। फेयर प्ले अवार्ड नेपाल राष्ट्र बैंकले प्राप्त गर्यो। प्रतियोगिताकै सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी सेन्चुरी बैंकका सुरज तिमिल्सिना रहे ।
विजेता टिम र उत्कृस्ट खेलाडीहरुलाई पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, माछापुच्छ्रे बैंकका सीइओ सुमन शर्माले पुरस्कार प्रदान गरेका थिए । फाल्गुन ३ गते देखि सुरु भएको प्रतियोगितामा कुल २३ टिमको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण