मन्त्री बास्कोटालाई बर्खास्त नगरे आन्दोलनमा उत्रिने नेविसंघको चेतावनी
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटालाई तत्काल बर्खास्त नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।
नेविसंघ अध्यक्ष राजीव ढुङ्गानाले विहीबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले मन्त्री बास्कोटालाई तत्काल बर्खास्त नगरे आन्दोलनमा उत्रिने बताएका हुन् ।
विज्ञप्तिमा भनिएको छ,‘सरकारका प्रवक्ता तथा आफ्ना प्रिय पात्रलाई संरक्षण उद्दत देखिए नेपाल विद्यार्थी संघ आन्दोलनको आधिवेरी सृजना गर्न बाध्य कुरा यसै विज्ञप्तिमार्फत चेतावनी दिन चाहन्छौँ ।’
साथै नेविसंघलेमन्त्री बास्कोटालाई तत्काल बर्खास्त गरी कानुनी प्रक्रिया अगाडि बढाउन जोडदार माग गरेका छन् ।
७० करोड कमिसन सञ्चार मन्त्रीले मागेको अडियो ‘हाम्रा कुरा’मार्फत सार्वजनिक भइसकेको अवस्थामा निजलाई तत्काल बर्खास्त गर्न र निस्पक्ष अनुसन्धानको प्रक्रियालाई सघाउन नेपाली काँग्रेस सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलिलाई सार्वजनिक रुपले आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

सेक्युरिटी प्रीन्टिङ प्रेस खरिद तयारीसँगै ठूलो रकमको अनियमितता तयारी भैरहेको थियो भन्ने अनुमानित विवरण यस अघिनै सार्वजनिक भएको शर्माले बताए । सञ्चार मन्त्रीले कमिसनका लागि बागेर्निङ गरेको अडियो सार्वजनिक भएपछि त्यो अनुमान बलियो ढंगले प्रमाणित भएको काँग्रेसको ठहर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण