सञ्चारमन्त्रीको अडियो सार्वजनिक भएलगत्तै ओली–प्रचण्ड छलफलमा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा भेटवार्ता भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७० करोड घूसको डिल गरिरहेको अडियो सार्वजनिक भएलगत्तै अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीबीच बालुवाटारमा भेटवार्ता भएको हो ।
दुई नेतावीचको भेटवार्ताबारे दुवैको सचिवालयले केही नखुलाएपनि सञ्चारमन्त्री बाँस्कोटाको भिडियो प्रकरणबारे छलफल भएको बुझिएको छ । स्रोतका अनुसार मन्त्री बाँस्कोटालाई राजीनामा दिन लगाउने या के गर्ने भन्ने विषयमा ओली र प्रचण्डवीच कुराकानी भएको छ ।
बिहीबार बिहान पौने ११ बजे अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका हुन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि मन्त्री बाँस्कोटाले स्वीस कम्पनीको नेपालस्थित एजेन्टसँग ७० करोड घुसका लागि डिल गरेको अडियो गएराति सार्वजनिक भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण