सञ्चारमन्त्रीको अडियो सार्वजनिक भएलगत्तै ओली–प्रचण्ड छलफलमा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा भेटवार्ता भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७० करोड घूसको डिल गरिरहेको अडियो सार्वजनिक भएलगत्तै अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीबीच बालुवाटारमा भेटवार्ता भएको हो ।
दुई नेतावीचको भेटवार्ताबारे दुवैको सचिवालयले केही नखुलाएपनि सञ्चारमन्त्री बाँस्कोटाको भिडियो प्रकरणबारे छलफल भएको बुझिएको छ । स्रोतका अनुसार मन्त्री बाँस्कोटालाई राजीनामा दिन लगाउने या के गर्ने भन्ने विषयमा ओली र प्रचण्डवीच कुराकानी भएको छ ।
बिहीबार बिहान पौने ११ बजे अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका हुन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि मन्त्री बाँस्कोटाले स्वीस कम्पनीको नेपालस्थित एजेन्टसँग ७० करोड घुसका लागि डिल गरेको अडियो गएराति सार्वजनिक भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्मा आउन कांग्रेसलाई एमालेको आग्रह
-
प्रभु इन्स्योरेन्सको अध्यक्षमा राजेन्द्र मल्ल चयन
-
जलविद्युत् छ तर बत्ती बल्दैन
-
मिसन ८४ का लागि मात्र नयाँ गठबन्धन बनाएको होइन : मुख्यमन्त्री कार्की
-
छैटौँ सरकार बन्नुमा जनादेश र केन्द्रको समीकरण प्रमुख कारक हो : आङ्बो
-
प्रतिनिधि सभा बन्धक बन्दा संसदीय समितिका विधेयकहरू अलपत्र