नेपाल प्रहरीका दुई पूर्वडीएसपी पक्राउ
काठमाडौँ । नेपाल प्रहरीका अवकाश प्राप्त दुई प्रहरी नायब उपरीक्षक (डीएसपी) पक्राउ परेका छन् । आर्थिक अनियमितता आरोपमा डीएसपीद्वय त्रिलोक चन्द र कृष्णबहादुर कुँवर पक्राउ परेका हुन् ।
हुम्लामा प्रहरी प्रमुख भएर काम गरेका चन्द र कुँवरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिरासतमा लिएर अनुसन्धान अघि बढाएको अख्तियार स्रोतले जनाएको छ ।
लेखापालसँग मिलेर प्रहरीको तलब, रासनलगायतको बजेट हिनामिना गरेको आरोप उनीहरूमाथि छ । ०७० र ०७१ मा जिल्ला प्रहरी कार्यालय हुम्लामा बजेट हिनामिना भएको थियो ।
कार्यरत नै नरहेका प्रहरीको नाममा किर्ते हस्ताक्षर गरी तलब निकासा गरी अनियमितता गरेको खुलेपछि उनीहरुलाई पक्राउ गरेर आयोगले छानबिन अघि बढाएको हो ।
अनियमिततामा दुई डिएसपीकै मिलेमतो भएपनि प्रहरी नेतृत्वबाट उनीहरुलाई जोगाइएको थियो । उनीहरुविरुद्ध अख्तियारमा उजुरी परेपछि उनीहरू पक्राउ परेका हुन् ।
अनियमिततामा संलग्न तत्कालीन लेखापाल सई वीरेन्द्र चन्द प्रहरी सेवाबाट पहिले नै बर्खास्त भइसकेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण