नेपाल प्रहरीका दुई पूर्वडीएसपी पक्राउ
काठमाडौँ । नेपाल प्रहरीका अवकाश प्राप्त दुई प्रहरी नायब उपरीक्षक (डीएसपी) पक्राउ परेका छन् । आर्थिक अनियमितता आरोपमा डीएसपीद्वय त्रिलोक चन्द र कृष्णबहादुर कुँवर पक्राउ परेका हुन् ।
हुम्लामा प्रहरी प्रमुख भएर काम गरेका चन्द र कुँवरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिरासतमा लिएर अनुसन्धान अघि बढाएको अख्तियार स्रोतले जनाएको छ ।
लेखापालसँग मिलेर प्रहरीको तलब, रासनलगायतको बजेट हिनामिना गरेको आरोप उनीहरूमाथि छ । ०७० र ०७१ मा जिल्ला प्रहरी कार्यालय हुम्लामा बजेट हिनामिना भएको थियो ।
कार्यरत नै नरहेका प्रहरीको नाममा किर्ते हस्ताक्षर गरी तलब निकासा गरी अनियमितता गरेको खुलेपछि उनीहरुलाई पक्राउ गरेर आयोगले छानबिन अघि बढाएको हो ।
अनियमिततामा दुई डिएसपीकै मिलेमतो भएपनि प्रहरी नेतृत्वबाट उनीहरुलाई जोगाइएको थियो । उनीहरुविरुद्ध अख्तियारमा उजुरी परेपछि उनीहरू पक्राउ परेका हुन् ।
अनियमिततामा संलग्न तत्कालीन लेखापाल सई वीरेन्द्र चन्द प्रहरी सेवाबाट पहिले नै बर्खास्त भइसकेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम र बझाङ उपनिर्वाचनको मध्यरातको मतपरिणाम : कसको कति मत ?
-
बझाङको ताजा मतपरिणाम : एमालेका उम्मेदवार थोरै मतान्तरले अगाडि
-
इलाम २ मा सुहाङले ५ हजार मत कटाउँदा कसले कति पाए ?
-
गोठाटार घटनाका मुख्य योजनाकारमाथि प्रहरीले गोली चलायो
-
इलाम २ मतगणना : यस्तो छ पछिल्लो मतपरिणाम, कसको कति मत ?
-
बझाङमा एमाले उम्मेदवारको ५ सय मतको अग्रता, कसले कति मत ल्याए ?