महाशिवरात्रिमा ११७ वर्षपछि शनि र शुक्रको दुर्लभ योग
एजेन्सी : आज शिवरात्रि हो । आजको दिन ११७ वर्षपछि शनि र शुक्रको दुर्लभ योग बनिरहेको छ । भारतका ज्योतिषाचार्य पं, मनिष शर्माका अनुसार शिवरात्रिमा शनि आफ्नो घरराशि मकरमा र शुक्र आफ्नो उच्च राशि मीनमा रहेको छ ।
यो दुईवटै ठूला राशि शिवरात्रिमा यस्तो स्थितीमा रहनु दुर्लभ योग हो ।
यो भन्दा पहिले सन् १९०३ को फेब्रअरी २५ मा यस्तो योग बनेको थियो ।
पं. शर्माका अनुसार शिवरात्रिमा गुरु पनि आफ्नो स्वराशि धनु राशिमा रहन्छन् । २१ फेब्रअरीको सर्वार्थ सिद्धि योग पनि पर्नेछ । पूजाआजा र नयाँ कामको सुरुवातको लागि यो समय निकै शुभ मानिन्छ ।
यस दिन शनि चन्द्रको विष योग बन्छ । यो दुवै ग्रह मकर राशिमा रहन्छन् । बुध र सूर्य कुम्भ राशिमा एक साथ रहन्छन् । जसले बुध–आदित्य योग बन्छ । यो दिन मिथुन राशिमा राहु र धनु राशिमा केतु रहन्छ । शेष सबै ग्रहको राहु–केतुको बीचमा रहन्छन् । जसले सर्प योग बन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण