ट्रम्पलाई नयाँ दिल्लीमा स्वागत
नयाँ दिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतको अहमदावादको कार्यक्रम, आग्रास्थित ताजमहलको अवलोकन भ्रमणपछि सोमबार साँझ नयाँ दिल्ली आइपुगेका छन् । नयाँ दिल्लीमा उनलाई संघीय मन्त्री हरदीप सिंह पूरीले दिल्लीस्थित विमानस्थलमा उनको स्वागत गरेका थिए ।
अमेरिकी राष्ट्रपति ट्रम्प, प्रथम महिला मेलानिया, छोरी इभान्का र ज्वाईँ जारेद कुश्नरसहितको अमेरिकी प्रतिनिधिमण्डल सोमबार दिल्लीस्थित सुविधासम्पन्न आइटीसी मौर्या होटेलमा आराम गर्नेछन् भने मङ्गलबार दिनभर विभिन्न छलफल तथा भेटघाटमा व्यस्त रहनेछन् ।
राष्ट्रपति ट्रम्पको भ्रमणले दुई पक्षीय सम्बन्ध विशेष गरेर व्यापारको क्षेत्रमा सुधारका लागि छलफल भ्रमणको दोस्रो दिन मङ्गलबार ट्रम्प दिल्ली फर्केर हैदरावाद हाउसमा विभिन्न चरणमा रक्षा, व्यापारलगायत विषयमा छलफल हुने बताइएको छ । तर पूर्वअपेक्षित व्यापार सम्झौता भने उनको भ्रमणका क्रममा हुने छैनन् ।
सन् १९४७ मा भारत स्वतन्त्र भएपछि भारत भ्रमणमा आउन लागेका ट्रम्प अमेरिकाका सातौँ राष्ट्रपति हुन् । यसअघि तत्कालीन राष्ट्रपति बाराक ओवामाले सन् २०१५ जनवरी २५–२७ मा तीन दिने भारत भ्रमण गरेका थिए । उनी आफ्नो दुवै कार्यकालमा भारतको भ्रमण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’
-
दाँतबाट खुल्यो जलाएर हत्या गरिएका विष्णुको पहिचान, घटना रहस्यमय
-
नेपाली साहित्यमा बौद्ध दर्शनबारे अध्ययन गरिने
-
अब नेपाली कांग्रेसलाई संसद्मा बोल्न नदिने ओलीको चेतावनी
-
उपेन्द्र यादवको रिटमा सर्वोच्चको आदेश– निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्नु
-
यस्तो छ भोलि बस्ने प्रतिनिधिसभा बैठकका ९ कार्यसूची