ट्रम्पलाई नयाँ दिल्लीमा स्वागत
नयाँ दिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतको अहमदावादको कार्यक्रम, आग्रास्थित ताजमहलको अवलोकन भ्रमणपछि सोमबार साँझ नयाँ दिल्ली आइपुगेका छन् । नयाँ दिल्लीमा उनलाई संघीय मन्त्री हरदीप सिंह पूरीले दिल्लीस्थित विमानस्थलमा उनको स्वागत गरेका थिए ।
अमेरिकी राष्ट्रपति ट्रम्प, प्रथम महिला मेलानिया, छोरी इभान्का र ज्वाईँ जारेद कुश्नरसहितको अमेरिकी प्रतिनिधिमण्डल सोमबार दिल्लीस्थित सुविधासम्पन्न आइटीसी मौर्या होटेलमा आराम गर्नेछन् भने मङ्गलबार दिनभर विभिन्न छलफल तथा भेटघाटमा व्यस्त रहनेछन् ।
राष्ट्रपति ट्रम्पको भ्रमणले दुई पक्षीय सम्बन्ध विशेष गरेर व्यापारको क्षेत्रमा सुधारका लागि छलफल भ्रमणको दोस्रो दिन मङ्गलबार ट्रम्प दिल्ली फर्केर हैदरावाद हाउसमा विभिन्न चरणमा रक्षा, व्यापारलगायत विषयमा छलफल हुने बताइएको छ । तर पूर्वअपेक्षित व्यापार सम्झौता भने उनको भ्रमणका क्रममा हुने छैनन् ।
सन् १९४७ मा भारत स्वतन्त्र भएपछि भारत भ्रमणमा आउन लागेका ट्रम्प अमेरिकाका सातौँ राष्ट्रपति हुन् । यसअघि तत्कालीन राष्ट्रपति बाराक ओवामाले सन् २०१५ जनवरी २५–२७ मा तीन दिने भारत भ्रमण गरेका थिए । उनी आफ्नो दुवै कार्यकालमा भारतको भ्रमण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण