मेस्सीका छोरा रोनाल्डोका फ्यान
एजेन्सी : अर्जेन्टिना एवं बार्सिलोनाका सुपरस्टार लियोनल मेस्सीका विश्वभर करोडौं फ्यान छन् । पोर्चुगल एवं युभेन्ट्सका सुपरस्टार क्रिस्टीयानो रोनाल्डोको चर्चा र फ्यान पनि मेस्सीको भन्दा कम छैन ।
विश्व फुटबलकै महान यी दुई हस्तीको विषयमा पछिल्लो दशक चर्चा नभएको क्षण छैन । फुटबलमा प्रदर्शन र उपलब्धिको हिसावले मेस्सी र रोनाल्डोले विश्वका सबै खाले उपलब्धि हात पारेका छन् । लामो समय स्पेनका जमेका यी दुई खेलाडीबीच को बढी भन्ने चर्चा सँधै कायम छ । ६ पटकका बालोन डी’ओर विजेता मेस्सी र पाँच पटकका विजेता रोनाल्डोबीच अन्य उपाधिको लागि पनि होड चल्ने गर्दछ । रोनाल्डो पछिल्लो दुई बर्षदेखि इटालीमा जमिरहेका छन् ।
उनै मेस्सीका छोरा रोनाल्डोका असल फ्यान हुन् । मेस्सीले आफ्नो छोरा थियगो रोनाल्डोको खास फ्यान रहेको बताएका छन् । ‘ठुलो छोरा थियगो सँधै रोनाल्डोको खेल हेरेर बस्छ । रोनाल्डोले जब गोल गर्छन् । उ खुशीले उफ्रन्छ,’ मेस्सीले हालै एक अन्तवार्तामा भने । थियगोले फुटबल राम्रोसँग बुझ्न थालेको र बार्सिलोनाको एकेडेमीमा खेलिरहेको पनि मेस्सीले बताए । सात बर्षीय थियगोले भर्खरै गरेको गोलले समाजिक सञ्जालमा चर्चा पाएको थियो ।
थियगोले मेस्सीसँग अन्य फुटबलरको बारेमा पनि कुरा गर्छन् । उनी मेरा सँगै खेल्ने साथीहरु लुइस स्वारेज, एन्टोइन ग्रीजम्यान र बाहिरका केलियन एमबाप्पे, नेयमारको बारेमा पनि कुरा गर्छन्, मेस्सीले भनेका छन् । थियरो अर्टुरो भिडालको कपाल देखेर मोहित बनेको र उसैको बारेमा कुरा गर्ने गरेको पनि मेस्सीले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण