३ घण्टामा मोदी–ट्रम्पले ७ पटक अँगालो हाले, ९ पटक हात मिलाएः ट्रम्पले ६३ पटक भारत र मोदीले २३ पटक अमेरिका भने
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको भारत भ्रमणको पहिलो दिन उनको र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको केमेस्ट्री निकै मिलेको देखियो । यी दुई नेताको पाँच महिना अघि मोदी कार्यक्रममा र यसपटक अहमदाबादको मोटेरा स्टेडियममा नमस्ते ट्रम्प कार्यक्रममा भेट भएको थियो । ट्रम्पको विमान एयरफोर्स वन सोमबार बिहान ११ बजेर ३६ मिनेटमा अहमदाबाद एयरपोर्ट पुगेको थियो । त्यहाँ मोदीले उनको स्वागत गरे । ट्रम्प र फर्स्ट लेडी मेलानिया ३ घण्टासम्म अहमदाबादमा बसे । यो तीन घण्टामा मोदी–ट्रम्पले ७ पटक अँगालो हाले र ९ पटक हात मिलाए ।
नमस्ते ट्रम्प कार्यक्रममा ७ पटक अँगालो हाले, ६ पटक हात मिलाएः
अहमदाबादमा उत्रने बित्तिकै मोदी–ट्रम्पले सुरुमा अँगालो हाले र त्यसपछि हात मिलाए । त्यसपछि ट्रम्प साबरमती आश्रम पुगे । त्यहाँ पनि मोदी ट्रम्पभन्दा अघि नै पुगेका थिए । ११ मिनेटसम्म ट्रम्प–मेलानिया त्यहाँ बसे, तर यो समयमा मोदी–ट्रम्पले न त हात मिलाए न नै अँगालो हाले । त्यसपछि मोदी–ट्रम्प छुट्टा छुट्टै गरी मोटेरा स्टेडियममा आयोजित ‘नमस्ते ट्रम्प’ कार्यक्रममा पुगे । यो कार्यक्रममा मोदी–ट्रम्पले ७ पटक अँगालो हाले, ५ पटक हात मिलाए । त्यसपछि ट्रम्प अहमदाबाद एयरपोर्ट पुगे, त्यसबाट उनीहरु आगराका लागि प्रस्थान गरे ।
भाषणमा मोदीले २१ पटक ट्रम्प भने, ट्रम्पले १५ पटक मोदीको नाम लिएः
मोटेरा स्टेडियममा ५३ मिनेट १२ सेकेन्डसम्म यी दुई नेता रहे । ट्रम्पले २७ मिनेट र मोदीले दुई पटक गरी २१ मिनेटसम्म भाषण दिए । मोदीले आफ्नो भाषणमा ४१ पटक इन्डिया र २३ पटक अमेरिकाको नाम लिए । उनले २१ पटक ट्रम्प भने । यस्तै, डोनल्ड ट्रम्पले आफ्नो भाषणमा ६३ पटक इन्डिया–इन्डियन्स र पाँच पटक अमेरिका–अमेरिकनको नाम लिए । उनीहरुले १२ पटक मोदीको नाम पनि दिए । ट्रम्पले भाषणमा ४ पटक पाकिस्तानको कुरा पनि उठाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण