नवजात शिशुलाई भोटो र तोरीको तकियाका फाइदाहरु
फेसन अनुसार नवजात शिशुदेखि बालबालिकालाई बजारमा पाइने फेसनेबल लुगा लगाइदिन्छौँ तर त्यो स्वास्थ्यका दृष्टिकोणले कत्तिको फाइदाजनक हुन्छ, त्यो कहिल्यै सोच्नुभएको छ ?
आफ्नै नातागोता र छरछिमेकका हजुरआमालाई उहाँले सोध्नुभयो, किन शिशुको भोटोमा भित्री राख्नुपर्छ ? किन तुना हाल्नुपर्छ, टाँक राख्न मिल्दैन ? शिशु सुताउने तकियामा किन तोरीका दाना हाल्नुपर्छ ?
भोटोको भित्रीका मुख्य दुई काम रहेछन् गर्मी हुँदा यसले पसिना सोस्छ । बाहिरको खस्रो कपडाबाट बालबालिकाको नरम छाला जोगाउँछ । टिकाउका लागि बाहिरी कपडा भित्रीभन्दा अलिक खस्रो नै चाहिन्छ । टाँक लगाउनु हुँदैन । बालबालिकाले खेल्दाखेल्दै निल्न सक्छन् । तुना भयो भने सजिलै सानोठूलो बनाउन मिल्छ र टिकुन्जेल लगाइदिन पाइन्छ ।
शिशुका भोटो र दौरासुरुवाल सिलाउन सुती कपडा खोजिन्छ किनकि यो पूर्णतः प्राकृतिक हुन्छ र शिशुले चपायो, निल्यो नै भने पनि पचाउन सक्छ । तकियाभित्र भरिने तोरीका दानाले शिशुको टाउको सही आकारमा विकसित हुन मद्दत गर्छ । हेर्दा उस्तै देखिने कोदो वा अन्य दाना हाल्नुहुँदैन । तिनीहरू तोरी जस्ता नरम हुँदैनन् । कोदो त छिट्टै धुलिन्छ र खार लाग्छ । त्यसले शिशुको स्वास्थ्यमा असर पर्न सक्छ ।
पोषणविद् डा.अरुणा उप्रेती नेपाली मौलिकताको लुगा टिकाउ हुनुका साथै पूर्णरूपमा प्राकृतिक हुने भएकाले पुनः प्रयोग गर्न मिल्छ । तोरीको तकियाले बालबालिकाको टाउको मिलाउन मद्दत गर्छ भन्छिन् ।
यस्तै हाडजोर्नी विशेषज्ञ डा. प्रकाश द्वारेले नवजात शिशुको हड्डी धेरै नरम हुने भएकाले सानोमा जस्तो आकार दियो त्यस्तै हुने जानकारी दिँदै तोरीको तकियाले शिशुको टाउको मिलाउन मद्दत गर्छ भने।
उनले बजारमा पाइने टोपीभन्दा पनि नेपाली मौलिक टोपी तुना बाँध्ने खालको चाहिन्छ । जसले टाउको गोलो बनाउनुका साथै चिसोबाट पनि बचाउँछ भने । यो समाचार आजको गोरखापत्र दैनिकम यलु जोशीले लेखेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण