२०१८ पछि फिल्ममा देखिएका छैनन् शाहरुख खान, श्रीमती गौरीले सुझाइन् दोस्रो 'करियर अप्सन'
शाहरुख खान हालै मुम्बईमा रहेको श्रीमती गौरीको डिजाइनिङ स्टोरमा भएको एक कार्यक्रममा पुगे । यतिबेला गौरीले मिडियासँग कुराकानीमा गरिन् र ‘जीरो’ फ्लप भएपछि फिल्मबाट टाढा भएका शाहरुखको तारिफ गर्दै उनका लागि नयाँ करियर अप्सन सुझाएकी छिन् ।
डिजाइनिङमा करियर बनाउ शाहरुखः
गौरीले भनिन्, ‘शाहरुखलाई डिजाइनिङबारे राम्रो ज्ञान छ । उनी घरमा डिजाइनिङको हिसाबले विभिन्न परिवर्तनको सुझाव दिइरहन्छन् । अहिले म उनलाई फिल्ममा काम गर्न बन्द गर्न र भविष्यमा डिजाइनिङलाई सेकेन्ड करियर अप्सनको रुपमा सोच्नुपर्ने सल्लाह दिन चाहन्छु किनभने उनी उत्कृष्ट डिजाइनर हुन् ।’
डीडीएलजेको दोस्रो पार्ट बनोस्ः
गौरीलाई जब मिडियाले भारत आएका डोनल्ड ट्रम्पले दिलवाले दुल्हनिया ले जाएंगेको तारिफ गर्दा कस्तो लाग्यो भनेर प्रश्न सोध्दा उनले भने, ‘म शाहरुख र आदित्य चोपडालाई फिल्मको दोस्रो पार्ट बनाउने बारे सोच्नुपर्ने दिन आएको छु भन्न चाहन्छु ।’
कमब्याक गर्न सक्छन् शाहरुखः
सन् २०१८ मा रिलिज भएको जिरोपछि शाहरुख कुनै पनि फिल्ममा देखिएका छैनन् । शाहरुखले अहिलेसम्म कुनै पनि फिल्मको आधिकारिक घोषणा गरेका छैनन् । तर उनी राज कुमार हिरानीको अर्को फिल्ममा देखिन सक्ने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्नका लागि बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण