आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

उपचाररत मैनाली भेट्न ग्रान्डी पुगे प्रधानमन्त्री र सभामुख

सोमबार, १९ फागुन २०७६, १४ : ४१
सोमबार, १९ फागुन २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीले केही दिनअघि सवारी दुर्घटनामा परेर घाइते भइ उपचाररत नेकपा (माले)का महासचिव सिपी मैनालीलाई भेटेका छन् । ग्रान्डी अस्पतालमा उपचाररत महासचिव मैनालीलाई प्रधानमन्त्री ओली, सभामुख अग्नि सापकोटा, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई लगायतका नेताहरुले भेटका हुन् ।

नेकपा मालेले आज एक विज्ञप्ति जारी गर्दै घाइते महासचिव मैनालीलाई भेटेर स्वास्थ्य लाभको कामना गर्ने प्रधानमन्त्री ओली लगायतका नेताहरुलाई धन्यवाद दिएको छ । महासचिव मैनाली केही दिनअघि महोत्तरीको रातुपुलमा भएको सवारी दुर्घटनामा परेर घाइते भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप