म सभापतिको उम्मेदवार होइन भन्ने भ्रम त्याग्नुस् : नेता सिटौला
सोमबार, १९ फागुन २०७६, १९ : ३३
नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी नीति, नेतृत्व र कार्यक्रम परिमार्जन गर्नुपर्ने बताएका छन् । झापाको चन्द्रगढीमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले काँग्रेसको १४औँ महाधिवेशनमा आफ्नो तेस्रो वैचारिक धारको अलग्गै टिम कायम रहने बताए ।
आगामी महाधिवेशनमा पार्टीको नेतृत्वबारे सञ्चारकर्मीले राखेको एक जिज्ञासामा उनले भने, “म सभापतिको उम्मेदवार होइन भन्ने भ्रम आजै त्यागिदिनुस् ।”
उनले तोकिएको मितिमा काँग्रेसको महाधिवेशन हुन नसके सङ्गठनभित्र जटिल समस्या उत्पन्न हुने बताए ।
नेपाल विद्यार्थी सङ्घ, तरुण दल र महिला सङ्घलगायत पार्टीका भातृसंस्थाको महाधिवेशन पार्टीको भन्दा अगाडि गर्न नसकिए पनि शुभेच्छुक संस्था प्रेस युनियनको भने तोकिएको समयमै हुनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण