कोरोना भाइरसको डरले दीपिकाले रद्द गरिन् पेरिस फेसन विकको यात्रा
बलिउड नायिका दीपिका पादुकोण यस वर्ष पेरिस फेसन विकमा भाग लिन गएकी छैनन् । संसारभरी फैलिरहेको कोरोना भाइरसको खतरा हेर्दै उनले त्यहाँ जाने योजना रद्द गरेकी हुन् । उनी लक्जरी फेशन ब्रान्ड ‘लुई वितों’ को निमन्त्रणमा त्यहाँ जाने तयारीमा थिइन् । २४ फेब्रुअरीदेखि फ्रान्सको राजधानीमा सुरु भयो यो कार्यक्रम मार्च ३ सम्म चल्नेछ ।
यसबारे जानकारी दिँदै दीपिकाका अधिकारिक प्रवक्ताले भने, ‘दीपिका पादुकोण फ्रान्समा चलिरहेको पेरिस फेशन विकको क्रममा लुई पितोंको एफडब्ल्यू२०२० शोमा भाग लिन त्यहाँ जाने योजनामा थिइन् तर कोरोना भाइरसको महामारी अब फ्रान्समा एक नयाँ चरणमा प्रवेश गरिरहेको छ, त्यसकारण उनले आफ्नो यात्रा रद्द गर्नुपरेको हो ।’
नयाँ फिल्मः
दीपिका चाँडै नै आफ्नो नयाँ फिल्म ‘८३’ मा देखिनेछिन् । जसमा उनी कपिल देवकी श्रीमती रोमी देवको भूमिका निभाइरहेको देख्न सकिन्छ । यसबाहेक उनी हलिउडको हिट कमेडी फिल्म ‘द इन्टर्न’ को आधिकारिक हिन्दी रिमेकमा पनि काम गर्नेछिन् । जसमा उनीसँग ऋषि कपुर देखिनेछन् । यो फिल्म सन् २०२१ मा रिलिज हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण