अफिसमा ८ घण्टाभन्दा बढी काम गर्नेलाई मानसिक समस्या
एजेन्सी : आफ्नो सपना पूरा गर्ने बाहानामा निर्धारित घण्टाभन्दा बढी सयम अफिसमा बिताउने थुप्रै युवाहरुमा मानसिक र शारीरिक समस्याहरु देखिन थालेको छ ।
हप्तामा एक दिन पनि छुट्टी नलिइ अफिसमा ८ घण्टाभन्दा बढी काम गर्ने व्यक्तिहरुलाई विभिन्न प्रकारका रोगले सताउन थालेको छ ।
हाइपरटेन्शन, हृदयघात, एन्जाइटी, स्ट्रोक, डिप्रेशन, मासंपेशीको दुखाइ, ढाड र कम्मरको दुखाइ, स्लिप डिस्क र सर्भाइकल पेन जस्ता समस्याहरु अफिसमा लामो सयम व्यतित गर्ने युवाहरको समस्या हो ।
अफिसमा धेरै समय बिताउने युवाहरुमा चिढिने र नकारात्मक सोचाइ बढिरहेको छ । अत्याधिक समय शारीरिक रुपमा सक्रिय रहँदा मानसिक रुपमा थाक्ने हुँदा उनीहरुमा विस्तारै विस्तारै दिक्दारीपन बढ्दै जान्छ । यति मात्र होइन यसका कारण युवाहरुमा डिप्रेसनको समस्या पनि पैदा हुने गर्छ ।
स्वास्थ्य विशेषज्ञका अनुसार आफ्ना लक्ष्य र सपना पूरा गर्न मेहनत गर्नु नराम्रो कुरा त होइन तर आफ्नो स्वास्थ्यको ख्याल गर्नु सबैभन्दा पहिलो कुरा हो ।
त्यसको लागि प्राणायाम गर्ने, शवासन गर्ने, तातो दूध पिउने र मनपर्ने गीत सुन्ने गर्नुपर्छ । साथै, परिवारसँग १० मिनेट समय बिताउने गर्ने र आफूमा आत्मविश्वास बढाउने गर्नुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण