सलमान खानका ‘फलोअर्स’ ३ करोड
एजेन्सी : बलिउड सुपरस्टार सलमान खानको सामाजिक सञ्जाल इन्स्टाग्राममा ३ करोड (३० मिलियन) फलोअर्स पुगेका छन् ।
उनलाई मन पराउनेको संख्या ३० मिलियन पुगेपछि उनले सामाजिक सञ्जालमा धन्यवाद दिँदै फलोअर्सका लागि एउटा भिडियो बनाएर सेयर गरेका छन् ।
सलमानले आफ्नो इन्स्टाग्राममा बुम्रयाङ भिडियो सेयर गर्दै लेखेका छन्, ‘उई मा ३ करोड ! सबैलाई धन्यवाद ! ’
सलमान खानको यो डाइलग उनको फिल्म ‘अन्दाज अपना अपना’ को हो । उनले अमिर खान, करिश्मा कपूर र रवीना टन्डनसँग यो फिल्ममा मुख्य भूमिका निभाएका छन् ।
उनले शेयर गरेको भिडियोमा एक प्रशंसकले लेखेका छन्, ‘लभ यु सलमान’, अर्का प्रशंसकले लेखेका छन्, ‘ओहो स्वाग’ र अर्का एक जनाले लेखेका छन्, ‘म तपाईंको सबैभन्दा ठूलो फ्यान हुँ सर ।’
सुपरस्टार खान यतिबेला ‘राधेः युअर मोस्ट वान्टेड भाइ’ को शुटिङमा व्यस्त छन् । यो फिल्मको शुटिङ यही मार्च १० मा सकिने स्रोतले बताएको छ । यसमा सलमान खान र दिशा पटानी मुख्य भूमिकामा हरेका छन् । फिल्म मे २२ मा रिलीज हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण