एनआईसी एशिया रेमिटबाट निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने
काठमाडौं– एन आई सी एशिया बैंकले एन आई सी एशिया रेमिटमार्फत निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने सुविधा सञ्चालनमा ल्याएको छ ।
यस योजना अन्तर्गत एन आई सी एशिया बैंकका देशभर फैलिएका सम्पूर्ण शाखा र विस्तारित काउण्टरहरूबाट नेपालभरी एक ठाउँबाट अर्काे ठाउँमा सित्तैमा आन्तरिक रेमिट्यान्स रकम पठाउन सकिनेछ ।
उक्त योजना अनुसार २०७६ फागुन १८ देखि २०७७ वैशाख १७ गतेसम्म देशभित्र रकम पठाउँदा कुनै पनि शुल्क नलाग्ने व्यवस्था बैंकले गरेको छ ।
यस बैंकका ३१९ शाखा, १०७ विस्तारित काउण्टर, ५६ वटा शाखारहित बैंकिङ्ग इकाई एवं ९,००० भन्दा बढी सहायक प्रतिनिधिहरू मार्फत सरल रुपमा भुक्तानी पाउन सकिनेछ ।
मुलुकभर सबैभन्दा धेरै शाखा सञ्जाल रहेको यस बैंक मार्फत तुरुन्त रकम पठाउन तथा प्राप्त गर्न सकिने हुँदा धेरै भन्दा धेरै ग्राहक महानुभावहरू लाभग्राही हुने विश्वास बैंकले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु
-
समृद्ध नेपाल निर्माण गर्ने महाअभियान सुरु भएको छः मन्त्री शर्मा
-
क्रिस–४ मा भिलेन बन्न लागेका हुन् ऋतिक रोशन ?
-
श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालनमा
-
क्यानडा पढ्न आउने विद्यार्थीहरूले आउनासाथ रोजगारी पाइहाल्छन् भन्ने भ्रम छ : दूतावास
-
इन्ष्टाग्राममा इब्राहिम अलि खानलाई २४ घन्टाभित्र ६ लाख ७१ हजारले गरे फलो