दक्षिणपूर्वी एसियामा कोरोना संक्रमण देखिन थालेको भन्दै सतर्क रहन आग्रह
बिहीबार, २२ फागुन २०७६, १३ : ४५
काठमाडौं । विश्व स्वास्थ्य संगठनले दक्षिण र दक्षिणपूर्वी एसियाका देशहरुमा कोरोना भाइरसको संक्रमण देखिन थालेको भन्दै सतर्क रहन आग्रह गरेको छ । विश्व स्वास्थ्य संगठन दक्षिणपूर्वी एसिया क्षेत्रका क्षेत्रीय निर्देशक क्षेत्रपाल सिंहले एक विज्ञप्ति जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेका हुन् ।
पछिल्लो समयमा भारत, इन्डोनेसिया र थाइल्याण्डमा समेत कोराना भाइरसको संक्रमण बढ्दै गएपछि विश्व स्वास्थ्य संगठनले सतर्ककता अप्नाउन आग्रह गरेको हो । संगठनले दक्षिण एसियाली देशहरूलाई सतर्कता बढाउन र रोकथामका उपायहरू सुनिश्चित गर्न समेत आग्रह गरेको छ ।
दक्षिण एसिया र दक्षिणपूर्वी एशियामा पर्ने देशहरुमा नेपाल, बंगलादेश, भुटान, कोरिया, भारत, इन्डोनेसिया, माल्दिभ्स, म्यानमार, श्रीलंका, थाइल्यान्ड, र पूर्वी टिमोर पर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण