आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

दक्षिणपूर्वी एसियामा कोरोना संक्रमण देखिन थालेको भन्दै सतर्क रहन आग्रह

बिहीबार, २२ फागुन २०७६, १३ : ४५
बिहीबार, २२ फागुन २०७६

काठमाडौं । विश्व स्वास्थ्य संगठनले दक्षिण र दक्षिणपूर्वी एसियाका देशहरुमा कोरोना भाइरसको संक्रमण देखिन थालेको भन्दै सतर्क रहन आग्रह गरेको छ । विश्व स्वास्थ्य संगठन दक्षिणपूर्वी एसिया क्षेत्रका क्षेत्रीय निर्देशक क्षेत्रपाल सिंहले एक विज्ञप्ति जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेका हुन् ।

पछिल्लो समयमा भारत, इन्डोनेसिया र थाइल्याण्डमा समेत कोराना भाइरसको संक्रमण बढ्दै गएपछि विश्व स्वास्थ्य संगठनले सतर्ककता अप्नाउन आग्रह गरेको हो ।  संगठनले दक्षिण  एसियाली देशहरूलाई सतर्कता बढाउन र रोकथामका उपायहरू सुनिश्चित गर्न समेत आग्रह गरेको छ ।

दक्षिण एसिया र दक्षिणपूर्वी एशियामा पर्ने देशहरुमा नेपाल, बंगलादेश, भुटान, कोरिया, भारत, इन्डोनेसिया, माल्दिभ्स, म्यानमार, श्रीलंका, थाइल्यान्ड, र पूर्वी टिमोर पर्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप