सानिमा बैंक र आइएमएस स्मार्टबीच सम्झौता, सामसुङको मोबाइल मासिक किस्तामा पाइने
काठमाडौं– सानिमा बैंक लिमिटेड र नेपालस्थित सामसुङ मोबाइल फोनको आधिकारिक बिक्रेता आइएमएस नेपाल बीच सानिमा बैंकका ग्राहकहरुलाई सामसुङको मोबाइल सेट सहज रुपमा मासिक किस्तामा प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौता अनुसार सानिमा बैंकका ग्राहकहरुले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी सामसुङ कम्पनीको स्मार्ट फोनहरु रिकमेन्डेड रिटेल मूल्यमा खरिद गर्न सक्नेछन् ।यसै गरी बैंकको क्रेडिट कार्ड प्रयोगकर्ताले आकर्षक ब्याज दरका साथ १८ महिना सम्मको मासिक किस्ता भुक्तानी गर्न सकिन्छ ।
साथै भर्खरै अन्तर्राष्ट्रिय बजारमा लन्च गरिएको ग्यालेक्सी एस२० र ग्यालेक्सी एस२०प्लस विशेष मूल्यमा प्रि–बुक गर्दा प्रि–बुकिङ्ग उपहार समेत प्राप्त गर्न सकिनेछ ।
सो सम्झौतापत्रमा बैंकको तर्फबाट डिजिटल बैंकिङ्ग विभागका प्रमुख विक्रम श्रेष्ठ र आइएमएस नेपालको तर्फबाट सेल्स तथा अपरेसन म्यानेजर नारायण प्रसाद भुषालले हस्ताक्षर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण