बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणका लागि आएको भारतीय चिकित्सकको टोली स्वदेश फर्कियो

बिहीबार, २२ फागुन २०७६, २० : ५१
बिहीबार, २२ फागुन २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणका लागि भारतबाट आएका वरिष्ठ युरोलोजिष्ट एवं मिर्गौला प्रत्यारोपण सर्जन प्रा.डा. अनन्त कुमारसहितको चिकित्सकीय टोली स्वदेश फर्किएको छ ।

प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा बुधबार मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्री ओलीको प्रत्यारोपणमा डा. अनन्त कुमारको टोली व्याक सपोर्टका रुपमा रहेको थियो। मिर्गौला प्रत्यारोपण सफल भएपछि उनी बिहीबार स्वदेश फर्किएको ह्न । 

अनन्तसहित नेफ्रोलोजिष्ट डा. दिनेश खुल्लर र अर्का एक चिकित्सक नेपाल आएका थिए । अहिले अस्पतालको प्रत्यारोपण उपचार कक्षमा रहेका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार देखिएको अस्पतालले जनाएको छ । 

प्रधानमन्त्रीका निजी चिकित्सक समेत रहेकी डा. दिब्या सिंहका प्रधानमन्त्री ओली खतरामुक्त रहेको बताइएकी थिइन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप