बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश नम्बर २ सरकारले प्रहरीलाई मोटरसाइकल दियो

शुक्रबार, २३ फागुन २०७६, १५ : ३१
शुक्रबार, २३ फागुन २०७६

जनकपुर । प्रदेश नम्बर २ को सरकारले प्रदेश प्रहरीलाई दु्रतगतिमा काम गर्न सहयोग हुने भन्दै दर्जनौँ सवारी साधन हस्तान्तरण गरेको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रदेश प्रहरी कार्यालयलाई २४ थान मोटरसाइकल सहयोग गरेका हुन् ।

शुक्रबार आयोजित एक कार्यक्रमबीच आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रहरी नायव महानिरीक्षक प्रद्युम्न कार्कीलाई सो मोटरसाइकलको साँचो हस्तान्तरण गर्दै आन्तरिक मामिला तथा कानून मन्त्री यादवले प्रहरीले गरेको काम कर्तव्यको पनि निकै प्रशंसा गरे । सवारी साधनको अभावमा पनि प्रहरीले कानूनी कारवाही प्रक्रियामा लागि परेको भन्दै प्रहरीले उत्कृष्ट सेवा प्रदान गरिरहेको कार्य सराहनीय रहेकाले प्रहरीलाई साधन श्रोतले सम्पन्न बनाउन तर्फ प्रदेश सरकार प्रतिवद्ध रहेको मन्त्री यादवले बताए ।

उनले प्रदेशको शान्ति सुरक्षालाई थप मजबुत बनाउन मोटरसाइकल हस्तान्तरण गरिएको स्पष्ट पारे । प्रहरी नायव महानिरीक्षक प्रद्युम्न कार्कीले प्रदेश सरकारले हस्तान्तरण गरेको सवारी साधनले थप बल मिलेको भन्दै प्रदेशको शान्ति सुरक्षालाई चुस्त दुरुस्त बनाउन नेपाल प्रहरी सदैब कटिबद्ध रहने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप