सरकार असफल भए विदेशी हस्तक्षेप वा प्रतिगमनको खतरा : नारायणकाजी श्रेष्ठ
काठमाडौँ । नेकपाका सचिवालय तथा पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले समाजवाद निर्माण आधार तयार गर्न वर्तमान सरकारलाई हरहालतमा सफल बनाउनुपर्ने बताउँदै यसका लागि वस्तुपरक र अध्ययनशील पत्रकारिता गर्न पत्रकारहरुलाई आव्हान गरेका छन् ।
शनिबार ललितपुरमा आयोजित प्रेस संगठन नेपाल उपत्यका प्रदेश कमिटीको प्रथम भेला एवं सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले यो सरकार असफल भए कुनै न कुनै ढङ्गबाट विदेशी हस्तक्षेप वा प्रतिगमनको खतरा उत्पन्न हुने बताए ।
मुलुकको रुपान्तरण तथा विभिन्न चरणमा भएका परिवर्तनकारी आन्दोलनमा पत्रकारले खेलेको भूमिका असाधारण रहेको उल्लेख गर्दैै उनले लोकतन्त्रको स्थापनासँग सवैभन्दा विकसित तवरले अघि बढेको नै प्रेस जगत भएको बताए ।
सूचना प्रविधिको विकास सँगै अझ बढी प्रेस जगतको आवश्यकता बढेको उल्लेख गर्दै समाजवादको आधार तयार पार्ने मेरुदण्डको रुपमा प्रेस रहेको बताए ।
नेपालको सामाजिक, आर्थिक, सास्कृतिकलगायतका क्षेत्रहरुको रुपान्तरणको लागि महत्वपूर्ण जिम्मेवारी प्रेस संगठनका पत्रकाहरुको रहेको उल्लेख उनले गरे ।
क्रियाशिल, अध्ययनशिल, जिम्मेवारशिल हुनुपर्नेमा जोड दिँदै उनले तथ्य र वस्तुगत कुराहरुको आत्मसात् गर्नु अहिलेको अनिवार्य आवश्यकता रहेको औल्याए ।
अध्ययन नै क्रान्तिकारी पत्रकार हुने उल्लेख गर्दै उनले मुलुक रुपान्तरण गर्न कुनै पार्टी र गुटको नभई राम्रो पत्रकार हुनुपर्नेमा जोड दिए । राम्रो पत्रकार आवश्यक रहेको तर कुनै गुट पार्टीको पर्चाकार हुनु नहुने बताउँदै आलोचनात्मक चेत तथा तथ्य नभएमा पत्रकार हुनै नसक्ने समेत उनले दावी गरे ।

कार्यक्रममा बोल्दै प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै तत्कालै पार्टी र सरकारलाई तिव्र गतिका साथ अघि बढाउन सक्षम भई मुलुक रुपान्तरणको लागि सक्रिय हुने विश्वास व्यक्त गरे ।
नेकपाका स्थायी कमिटी सदस्य तथा बाग्मती प्रदेश कमिटीका इन्चार्ज अष्टलक्ष्मी शाक्यले मानिसको इच्छाशक्ति तिव्र भएको खण्डमा कोरोना भाइरसले केही समस्या उत्पन्न हुन नसक्ने उल्लेख गर्दै उनले उक्त हल्ला तथा भ्रमलाई चिर्दै यथार्थपरक जनतामा जानकारी बढाउन प्रेस संगठनले जवाफदेहिताका साथ अघि बढ्न आग्रह गरिन् ।
प्रेस संगठनका इन्जार्च तथा केन्द्रीय सदस्य राजेन्द्र गौतमले प्रत्येक नेकपामा आवद्ध संगठनका सदस्यहरुले हामी नेकपाका सदस्य हौं भन्ने भावनाको विकास गर्नुपर्ने आवश्यकता रहेको बताए ।
पार्टीको केन्द्रीय सदस्य, प्रचार विभाग उपप्रमुख तथा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहाकार सूर्य थापाले संगठनलाई लोभलाग्दो र भरलाग्दो बनाउनुपर्नेमा जोड दिँदै पार्टीलाई नै प्रेरणाको स्रोतको रुपमा हुनुपर्ने बताए ।
नेकपा बाग्मती प्रदेशका अध्यक्ष नारायण दाहालले कोरोना भाइरकबाट आतंक नभई सचेत हुन जरुरी रहेको औल्याउँदै कोरोनाको बारेमा मिडियाबाट आउने कुराहरु सत्य, तथ्य र वास्तविकता हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा एकीकृत रुपमा निर्माण भएको प्रेस संगठन नेपालको उपत्यका प्रदेश कमिटीको साथमा उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला कमिटीको समेत सपथ ग्रहण समेत सम्पन्न भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण