परिवारका सबै सदस्यलाई भित्र थुन्दै १० औँ तलाबाट हामफालेर महिलाले गरिन् आत्महत्या
भारतको राजस्थानस्थित भिवाडीमा आइतबार एक महिलाले आफू बस्दै आएको अपार्टमेन्टको १० औँ तलाबाट हामफालेर आत्महत्या गरेकी छन् ।
अन्तर्राष्ट्रिय नारी दिवसकै दिन ३२ वर्षीया मञ्जुले आत्महत्या गरेकी हुन् । फुलबाग क्षेत्रस्थित आशियाना आँगन अपार्टमेन्टको दोस्रो तलामा परिवारसहित बस्दै आएकी उनले आफ्नी आमा, पति र दुई छोरीलाई फ्ल्याटभित्र थुनेर अपार्टमेन्टको १० औँ तलाबाट हामफालेर आत्महत्या गरेको प्रहरीले जनाएको हो ।
आत्महत्याको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । परिवारका सदस्यहरुसँगको प्रारम्भिक सोधपुछका आधारमा छोरा नभएका कारण उनी तनावमा रहने गरे पाइएको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार किशनगढ निवासी पुष्कर गुप्तासँग ६ वर्षअघि उनको विवाह भएको थियो । आमाको एक्लो सन्तान भएका कारण मञ्जुले विवाहपछि आमालाई आफूसँगै राख्ने गरेको बताइन्छ । दुई छोरी, पति र आमाका साथ बस्दै आएकी उनी आइतबार बिहान आफ्नो फ्ल्याटको मुख्य ढोका बाहिरबाट बन्द गरिदिएर परिवारका सबै सदस्यलाई भित्रै थुनेर अपार्टमेन्टको १० औँ तला पुगेकी थिइन् । उनले १० औँ तलाबाट हामफालेर आत्महत्या गरेको र घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण