शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

आस्था राउतले प्रहरीसँग खिचाएको फोटो पोष्ट गर्दै गरिन् यस्तो प्रशंसा

सोमबार, २६ फागुन २०७६, १२ : १४
सोमबार, २६ फागुन २०७६

काठमाडौँ । गायिका आस्था राउतले अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस ८ मार्चको अवसरमा प्रहरीको प्रशंशा गरेकी छिन् । 

गत माघ ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएकी महिला प्रहरीलाई गालीगलौज गरेर विवादमा तानिएकी गायिका राउतले आइतवार महिला प्रहरीसहितको फोटो पोष्ट गर्दै प्रहरीको प्रशंसा गरेकी हुन् । 

फेसबुकमा ‘के छ यहाँ घटीबढी जोख्न छैन तुलो, बदलाको कुराभन्दा क्षमा गर्नु ठूलो,’ गायिका राउतले लेखेकी छन् । महिला प्रहरीसहित फेसबुकमा पोष्ट गरेको फोटो नेपालगञ्ज विमानस्थलमा खिचिएको गायिका राउतले बताइन् । 

गत माघमा काठमाडौँबाट झापा जाने क्रममा राउतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएकी एक महिला प्रहरीलाई अपशब्द बोलेको भन्दै उनको सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो । 

उनीविरुद्ध उजुरी परेपछि प्रहरीले नियन्त्रणमा लिएर धरौटीमा छाडेको थियो । 



 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप