आस्था राउतले प्रहरीसँग खिचाएको फोटो पोष्ट गर्दै गरिन् यस्तो प्रशंसा
काठमाडौँ । गायिका आस्था राउतले अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस ८ मार्चको अवसरमा प्रहरीको प्रशंशा गरेकी छिन् ।
गत माघ ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएकी महिला प्रहरीलाई गालीगलौज गरेर विवादमा तानिएकी गायिका राउतले आइतवार महिला प्रहरीसहितको फोटो पोष्ट गर्दै प्रहरीको प्रशंसा गरेकी हुन् ।
फेसबुकमा ‘के छ यहाँ घटीबढी जोख्न छैन तुलो, बदलाको कुराभन्दा क्षमा गर्नु ठूलो,’ गायिका राउतले लेखेकी छन् । महिला प्रहरीसहित फेसबुकमा पोष्ट गरेको फोटो नेपालगञ्ज विमानस्थलमा खिचिएको गायिका राउतले बताइन् ।
गत माघमा काठमाडौँबाट झापा जाने क्रममा राउतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएकी एक महिला प्रहरीलाई अपशब्द बोलेको भन्दै उनको सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो ।
उनीविरुद्ध उजुरी परेपछि प्रहरीले नियन्त्रणमा लिएर धरौटीमा छाडेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
