नेपाल पुलिस क्लब आहा रारा गोल्डकपको फाइनलमा, थ्रीस्टार बाहिरियो
पोखरा । विभागीय टोली नेपाल पुलिस क्लब पोखरामा जारी १८ औं संस्करणको आहा रारा गोल्डकपको फाइनलमा पुगेको छ । बुधबारको खेलमा थ्रिस्टारलाई ३–० गोल अन्तरले पराजित गर्दै पुलिस फाइनलमा पुगेको हो । खेलको ७ औँ मिनटमा नै अग्रता लिँदै पुलिसका कप्तान भरत खवासले पहिलो गोल गरेका थिए । रवि पासवानकोे पासमा उनले सो गोल गरेका हुन् । जित निकाल्न थ्रिस्टारले संघर्ष जारी राखे पनि गोल भने गर्न सकेन ।
पहिलो हाफमा एक गोलको अग्रता लिएको पुलिसको लागि ५२ औँ मिनेटमा निरकुमार राईले अर्को गोल गरे । उनले निरकुमारले खेलको ७१ आँै मिनटमा व्यक्तिगत दोस्रो गोल गर्दा पुलिसको अग्रता ३–० को अवस्थामा पुग्यो ।
थ्रिस्टारले खेलमा फर्कने कायमै राखे पनि गतिलो प्रहार गर्न सकेन । १६ औँ सस्करणमा यी दुवै टोली उपाधिको लागि भिडेका थिए । थ्रिस्टारले पाँचौ, नवौं, ११औं, १३ औं र १७ औं संस्करणको उपाधि हात पारेको थियो । नेपाल पुलिस क्लब पहिलो, छैटौं, सातौं, आठौं, १६ औं सस्करणको उपाधि विजेता हो ।
पुलिसले क्वार्टर फाइनलमा आयोजक सहाराललाई ट्राइबेकरमा पाखा लगाएको थियो भने थ्रिस्टारले गान्तोक सिटीलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको थियो । उपाधि जित्न पुलिसले चैत १ गते हुने त्रिभुवन आर्मी क्लब र मनाङ मस्र्याङ्दीबीचको विजेतासँग प्रतिष्पर्धा गर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीमा नयाँ सरकार गठनविरुद्धको रिट सर्वोच्चमा दर्ता
-
गण्डकीमा बहुवर्षे योजनाको चाप, सरकारै पिच्छे थपिन्छन् अर्बौंका दायित्व
-
कोशीका नवनियुक्त मुख्यमन्त्री कार्कीको शपथ ५ बजे, को–को बन्दैछन् मन्त्री ?
-
हैदराबादले लखनउलाई हराउँदा कुन-कुन रेकर्ड तोडियो ?
-
अर्थतन्त्र चलायमान बनाउने गरी बजेट ल्याउन निजी क्षेत्रको सुझाव
-
नौ महिनामा १२ करोडको कुरकुरे र कुरमुरे निर्यात