संसदमा कोरोना बहस : जहाज, स्कुल, संसद र भीडभाड हुने ठाउँ बन्द गरौँ
काठमाडौँ । काँग्रेस नेता तथा सांसद भीमसेन दास प्रधानले नेपालमा कोरोनाभाइरसको संक्रमण फैलन नदिन संसद, स्कुल तथा भीडभाड हुने सबै ठाउँ बन्द (लक डाउन) गर्न सरकारसँग माग गरेका छन् ।
बिहीबारको प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै प्रधानले विश्व स्वास्थ्य संगठनले महामारीका रुपमा घोषणा गरेको र युरोप अमेरिकाले लक डाउन गरिसकेको अवस्थामा नेपालमा संसद चलाइरहनुको तुक नभएको बताए ।
‘संसदलाई निरन्तर चलाई राख्नुको कुनै तुक छैन । जहाँ भीडभाड हुन्छ जहाज, स्कुल, बसमा संक्रमण फैलन सक्ने भएकाले ति ठाउमा सरकारले तुरुन्तै बन्देज लाउनुपर्योे,’ उनले भने, ‘स्कुलहरु बन्द गर्नुपर्यो यदि हामीलाई यो संक्रमणले भ्यायो भने रोक्न हामीसँग केही पनि पूर्वाधार छैन ।’
‘अमेरिका त्रसित छ, युरोप त्रसित छ तर नेपालसँग केही छैन । नेपालले के हेरेर बसेको छ यस्तो अवस्थामा ? त्यसकारण सरकार चाँडोभन्दा चाँडो एक्सनमा आएर संसदसहित मास ग्यादरिङ हुने ठाउँ रोक्न सकेन भने यसबाट आउने भयावह स्थिति रोक्न सकिँदैन धेरै मानिसहरुको मृत्यु हुन्छ, ’ प्रधानको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
-
वैदेशिक रोजगार विभागको सक्रियता : एकै दिन २९ नयाँ जाहेरी दर्ता, ९ जना पक्राउ
-
‘सम्पत्ति छानबिन आयोग असंवैधानिक’ भन्दै पूर्वन्यायाधीश खतिवडाले सार्वजनिक गरे सम्पत्ति विवरण
-
जुलियन किन्योनेसः रोनाल्डोलाई पछि पार्ने सुपरस्टार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण