प्रदेशको राजधानी माग्ने होइन, बनाउने होः मुख्यमन्त्री पोखरेल
बुटवल । मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश राजधानी तोक्ने विषयमा पुरानो आञ्चलिक मनोभाव त्याग्नुपर्ने बताएका छन् ।
बिहीबार प्रदेश सभा बैठकमा सम्वोधन गर्दे मुख्यमन्त्री पोखरेले ५ नम्बर प्रदेशमा रहेका तीनबाट आञ्चलिक मनोभावलाई छाडेर सिङ्गो प्रदेश बनाउनतर्फ लाग्नुपर्ने बताएका हुन् । उनले ५ नम्बर प्रदेशको राजधानी जारी अधिवेशनमै सक्ने गरी काम अघि बढाउन आग्रह गर्दे जहाँबाट चुनाव जितेपनि प्रदेशसभामा सवै सांसद एकमत हुनूपर्ने धारणा राखे । उनले प्रदेशको राजधानी बिषय माग्ने बिषय नभई निमार्ण गर्ने भएको भन्दै प्रतिपक्षलाई सोही अनुसार काम गर्न आग्रह गरे ।
उनले प्रदेशको राजधानी आग्रहपूर्वाग्रह बिना लुम्बिनी,राप्ती र भेरी तीन अञ्चलका बासिन्दाको हितमा हुने गरी बनाउनुपर्नेमा सवैको ध्यान जान आवश्यक रहेको बताए । मुख्यमन्त्री पोखरेलले कोरोना भाइरसबाट जोगिन भिडभाड र घुमफिरमा ननिस्कन प्रदेशबासीलाई आग्रह पनि गरे ।
बिहीबारको प्रदेश सभा बैठकमा अर्थ मन्त्रालयको समेत जिम्बेवारी सम्हालेका पोखरेलले स्थानीय तहका पदाधिकारीहरुले पाउने सेवा सूविधा सम्वन्धी कानुनमा संशोधन र एकिकरण गर्न बनेको विद्येयक तथा लोक सेवा आयोग पदाधिकारीको पारिश्रमिक, सेवाको सर्त र सुविधाका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक प्रदेशसभा प्रस्तुत गरेका थिए ।
प्रस्तुत दुबै प्रस्ताव प्रदेशसभाले पास गरेको छ । बैठकमा उद्योग,पर्यटन,बन तथा बातवरण मन्त्री लिला गिरीले बातावरण संरक्षण सम्बन्धमा बनेको विद्येयक पेस गरेका थिए । बैठक चैत ४ गते सम्मको लागी स्थगित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण