कोरोना संक्रमण फैलिएपछि यूएई दूतावासको अपील
बिहीबार, २९ फागुन २०७६, १८ : ४३
आबुधावीस्थित नेपाली दूतावासले संयुक्त अरब इमिरेट्स (युएई)मा कोरोना संक्रमण फैलिएको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
फागुन २९ गते दूतावासले जारी गरेको विज्ञप्तिअनुसार युइईमा ७४ जनालाई कोरोना लागेका पुष्टि भएको र उनीहरुमध्ये १७ जना उपचारपछि घर फर्किसकेको उल्लेख छ । कोरोनाबाट २ जना नेपाली पनि संक्रमित भएको र उनीहरुको उपचार भइरहेकाले नआत्तिन समेत दूतावासले आग्रह गरेको छ ।
कोरोना संक्रमण तीब्ररुपमा फैलिएको भन्दै यूएईमा रहेका नेपालीहरुलाई सकेसम्म बाहिर ननिस्कन र भीडभाडमा नजान आग्रह गरेको छ । नेपालीहरुले बेलाबेलामा जमघट गर्ने भएकाले त्यस्ता जमघट नगर्न र सतर्कता अपनाउन समेत दूतावासले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा विश्वकप २०२६ः पहिलो हाफमा जर्मनी ३–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
-
काइ हाभर्ट्जको पेनाल्टी गोल, पहिलो हाफमा जर्मनी ३–१ ले अघि
-
स्लोटरबेकको गोलमा जर्मनीले लियो २–१ को अग्रता
-
फिफा विश्वकपमा कुरासाओको पहिलो गोल, जर्मनीसँग १-१ को बराबरी
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण