बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

ट्रम्पमा कोरोना भाइरसको संक्रमण देखिएनः ह्वाइट हाउसका डाक्टर

आइतबार, ०२ चैत २०७६, ०८ : ०१
आइतबार, ०२ चैत २०७६

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमा कोरोना भाइरसको संक्रमण नदेखिएको ह्वाइट हाउसका डाक्टरले जानकारी दिएका छन् ।

‘आज बेलुका मैले परीक्षणको नतिजा नेगेटिभ भएको पाएँ,’ सिन कोन्लेले शनिबार जारी गरेको एक वक्तव्यमा भने ।

फ्लोरिडा रिसोर्टमा ब्राजिलका प्रतिनिधीमण्डलसँग आयोजित बैठकको केही दिनपछि उनको कोरोना भाइरसको परिक्षण गरिएको थियो । बैठकमा समावेश ब्राजिलका केही प्रतिनिधीमण्डलमा कोरोना भाइरस देखिएको थियो ।

ब्राजिलका राष्ट्रपतिका सहयोगी फाबियो वाज्नगार्टेनमा पनि कोरोना संक्रमण देखिएको थियो ।

‘ब्राजिलका प्रतिनिधीमण्डलसँग डिनर गरेको एक हप्तापछि पनि ट्रम्पमा कुनै लक्षण देखिएको थिएन,’ कोन्लेले भने ।

७३ वर्षे ट्रम्पले उक्त भेटपछि आफूमा कुनै लक्षण नदेखिएको भन्दै सेल्फ आइसोलेशनमा बसेनन् ।

उनको स्वास्थ्य परीक्षण शुक्रबार गरिएको थियो ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप