ट्रम्पमा कोरोना भाइरसको संक्रमण देखिएनः ह्वाइट हाउसका डाक्टर
आइतबार, ०२ चैत २०७६, ०८ : ०१
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमा कोरोना भाइरसको संक्रमण नदेखिएको ह्वाइट हाउसका डाक्टरले जानकारी दिएका छन् ।
‘आज बेलुका मैले परीक्षणको नतिजा नेगेटिभ भएको पाएँ,’ सिन कोन्लेले शनिबार जारी गरेको एक वक्तव्यमा भने ।
फ्लोरिडा रिसोर्टमा ब्राजिलका प्रतिनिधीमण्डलसँग आयोजित बैठकको केही दिनपछि उनको कोरोना भाइरसको परिक्षण गरिएको थियो । बैठकमा समावेश ब्राजिलका केही प्रतिनिधीमण्डलमा कोरोना भाइरस देखिएको थियो ।
ब्राजिलका राष्ट्रपतिका सहयोगी फाबियो वाज्नगार्टेनमा पनि कोरोना संक्रमण देखिएको थियो ।
‘ब्राजिलका प्रतिनिधीमण्डलसँग डिनर गरेको एक हप्तापछि पनि ट्रम्पमा कुनै लक्षण देखिएको थिएन,’ कोन्लेले भने ।
७३ वर्षे ट्रम्पले उक्त भेटपछि आफूमा कुनै लक्षण नदेखिएको भन्दै सेल्फ आइसोलेशनमा बसेनन् ।
उनको स्वास्थ्य परीक्षण शुक्रबार गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण