प्रहरीले बरामद गरेको मास्क बिक्री वितरण गर्न बाटो खुल्यो, सरकारले दियो निर्देशन
काठमाडौं । सरकारले नेपाल प्रहरीले बरामद गरेका मास्क बिक्री वितरण गर्न निर्देशन दिएको छ ।
सोमबार महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले बृहद जनहितलाई ख्याल गर्दै बरामद सो मास्क बिक्री वितरण गर्न निर्देशन दिएका हुन् ।
मास्कको मूल्य र नमुनासहितको अभिलेख राखेर बिक्री वितरण गर्न प्रहरी प्रमुख (आईजीपी) ठाकुर प्रसाद ज्ञवालीलाई लिखित निर्देशन दिइएको खरेलले जानकारी दिए ।
महान्यायाधिवक्ता खरेलले आईजीपीलाई दिएको निर्देशनमा भनिएको छ, ‘बरामद मास्क मुद्दाको कारबाहीका क्रममा मुद्दा हेर्ने निकायमा दसीस्वरुप पेश गर्दा बजारमा मास्कको अभाव भैरहने र अहिलेको विषम परिस्थितिमा त्यसको प्रयोग गर्न नसकिने अवस्था हुने हुँदा बृहद सार्वजनिक हित एवं जनस्वास्थ्यलाई ध्यानमा राखी मुद्दा हेर्ने अधिकारीको अनुमति लिई उक्त अपराध अनुसन्धानको क्रममा निम्नअनुसार गर्न गराउनुहुन मुलुकी फौजादारी कार्यविधि संहिता २०७४ को दफा २७ अनुसार निर्देशन दिइएको छ।'
खरेलको निर्देशन यस्तो छ

पछिल्लो समय कोरोना भाइरसको संक्रमणको त्रास बढेसँगै व्यापारी व्यवसायीहरुले मास्कको कालोवाजारी गरेपछि प्रहरीले शनिबार, आइतबार र सोमबार गरी काठमाडौं उपत्यका लगायत विभिन्न स्थानमा छापा मारेर ठुलो संख्यामा मास्क जफत गरेको छ ।
महान्यायाधिवक्ताको ३ बुँदे निर्देशनमा बरामद मास्कहरुको मूल्य र नमुनासहितको अभिलेख तथा फोटोसहितको डिजिटल अभिलेख मिसिलमा राख्न भनिएको छ ।
त्यस्तै बरामद मास्कहरुको हालको बजार मूल्यअनुसारको रकम साझा स्वास्थ्य सेवा तथा यस्तै प्रकृतिका अन्य सार्वजनिक संस्थाबाट लिएर सो रकम प्रहरीको धरौटी खातामा राख्दै तत्काल ती मास्कहरु बिक्री वितरण गर्ने व्यवस्था मिलाउन निर्देशन जारी भएको छ ।
यसअघि कानुनी प्रक्रिया पूरा नभएसम्म मास्क गोदाममै थन्क्याएर राख्नुपर्ने बाध्यता रहेको प्रहरीले बताएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
