फेरि घट्यो पेट्रोल,डिजेल र मट्टितेलको मूल्य
सोमबार, ०३ चैत २०७६, १९ : ४०

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २–२ रुपयाँका दरले मूल्य घटाएको हो ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै भारतबाट मूल्य घटेर आएकाले नेपालमा समायोजन गरिएको निगमले जनाएको छ।
अब पेट्रोलको मूल्य काठमाडौंमा प्रतिलिटर १०६ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९५ रुपैयाँ कायम भएको छ।
निगमका अनुसार घटेको मूल्य सोमबार राति १२ बजेदेखि लागू हुने छ । दुई साताअघि पनि निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८४ मा एमालेको एकल बहुमत आउनेगरी लाग्न प्रधानमन्त्रीकाे आग्रह
-
‘डीएसए स्टार २०२५’ मा चार शीर्ष विजेता छनोट
-
विद्यालय शिक्षा विधेयकका विषयमा हतारमा टिकाटिप्पणी नगरौँ : शिक्षामन्त्री
-
कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)
-
नेपाल लाइफले मनायो २४औँ वार्षिकोत्सव
-
सत्ता गठबन्धनमा कांग्रेसकै पनि धेरै असन्तुष्टि छ : महत