प्रदेश २: स्थायी राजधानीका लागि बीरगञ्जको प्रस्ताव पनि अस्वीकृत
बुधबार, ०५ चैत २०७६, ०० : १५
जनकपुर । प्रदेश नम्बर २ को स्थायी राजधानीका लागि बीरगञ्ज पनि अस्वीकृत भएको छ । मंगलबार भएको मतदानमा बीरगञ्जको पक्षमा ३७ मत खसेको छ भने विपक्षमा ६८ मत खसेको छ । त्यस्तै १ मत बदर भएको छ भने १ सांसद अनुपस्थित भएका छन् । योसँगै स्थायी राजधानीको विषय टुंगो लगाउन २ नम्बर प्रदेशसभा असफल बनेको छ । सत्तारुढ दलका सांसदमा बदलाको भावना पलाउँदा प्रदेश नम्बर २ को स्थायी राजधानीको विषय टुंगो लगाउन प्रदेशसभा असफल बनेको हो ।
यसअघि जनकपुरको प्रस्ताव पनि अस्वीकृत भएको थियो । निर्वाचनमा जनकपुरको पक्षमा ५२ र विपक्षमा पनि ५२ मत खसेको थियो । यसअघि ४ वटा नामको प्रस्तावमा मतदान हुँदा कुनैपनि नाममा दुई तिहाइ नपुगेपछि प्रदेशको नाम टुंगो लगाउने प्रस्ताव पनि असफल भएको थियो । अब केहीबेरमा वीरगञ्ज महानगरपालिकालाई स्थायी राजधानीका लागि निर्वाचन हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण