बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश २: स्थायी राजधानीका लागि बीरगञ्जको प्रस्ताव पनि अस्वीकृत

बुधबार, ०५ चैत २०७६, ०० : १५
बुधबार, ०५ चैत २०७६

जनकपुर । प्रदेश नम्बर २ को स्थायी राजधानीका लागि बीरगञ्ज पनि अस्वीकृत भएको छ । मंगलबार भएको मतदानमा बीरगञ्जको पक्षमा ३७ मत खसेको छ भने विपक्षमा ६८ मत खसेको छ । त्यस्तै १ मत बदर भएको छ भने १ सांसद अनुपस्थित भएका छन् । योसँगै स्थायी राजधानीको  विषय टुंगो लगाउन २ नम्बर प्रदेशसभा असफल बनेको छ । सत्तारुढ दलका सांसदमा बदलाको भावना पलाउँदा  प्रदेश नम्बर २ को स्थायी राजधानीको विषय टुंगो लगाउन प्रदेशसभा असफल बनेको हो ।

यसअघि जनकपुरको प्रस्ताव पनि अस्वीकृत भएको थियो । निर्वाचनमा जनकपुरको पक्षमा ५२ र विपक्षमा पनि ५२ मत खसेको थियो । यसअघि ४ वटा नामको प्रस्तावमा मतदान हुँदा कुनैपनि नाममा दुई तिहाइ नपुगेपछि प्रदेशको नाम टुंगो लगाउने प्रस्ताव पनि असफल भएको थियो । अब केहीबेरमा वीरगञ्ज महानगरपालिकालाई स्थायी राजधानीका लागि निर्वाचन हुँदैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप