अमिताभ बच्चनदेखि आलिया भट्टसम्म बलिउडका यी सेलिब्रिटी क्वारेन्टाइनमा
भारतमा कोरोना भाइरसको कहर लगातार बढिरहेको छ, यस्तोमा मानिसहरु आफूलाई बचाउन हरसम्भव कोसिस गरिरहेका छन् । यस्तोमा बलिउडका कलाकारले पनि कोरोनाबाट बचाउनका लागि आफूलाई सेल्फ क्वारेन्टाइनमा राखेका छन् । यो सूचीमा अमिताभ बच्चनदेखि थुप्रै कलाकार समावेश छन् ।
अमिताभ बच्चनः
अमिताभ बच्चनले ट्वीटरमार्फत् आफू क्वारेन्टाइनमा भएको जानकारी दिए । उनले सोसल मिडियामा बीएमसीको तर्फबाट हातमा लगाइएको स्ट्याम्प पनि पोष्ट गरेका छन् । बीएमसीले क्वारेन्टाइनमा बस्ने मानिसहरुको हातमा स्ट्याम्प लगाइरहेका छन् । यस्तोमा अमिताभ बच्चन केही दिन आइसोलेशनमा बस्नेछन् । अमिताभ अहिले ब्रह्मास्त्रको सुटिङ गरिरहेका थिए, जुन अहिले स्थगित गरिएको छ ।
T 3473 - Stamping started on hands with voter ink, in Mumbai .. keep safe , be cautious , remain isolated if detected .. pic.twitter.com/t71b5ehZ2H
— Amitabh Bachchan (@SrBachchan) March 17, 2020
आलिया भट्टः
बलिउड नायिका आलिया भट्ट पनि कोरोना भाइरसबाट बच्नका लागि घरमा नै छिन् । आलियाले एक तस्बिर सेयर गर्दै सेल्फ क्वारेन्टाइन बस्दासमेत फिटनेसको पूर्ण ध्यान राखिरहेको बताएकी छिन् । कोरोना भायरसका कारण ब्रह्मास्त्रको सुटिङमा पनि प्रभावित भइरहेको छ ।
अर्जुन कपुरः
अर्जुन कपुर पनि लामो समयदेखि कोरोना भाइरसका कारण सजगता अपनाइरहेका छन् । उनले इन्स्टाग्राममार्फत् आफू क्वारेन्टाइनमा बसेको जानकारी दिएका छन् ।
दिलिप कुमारः
योबोहक दिलिप कुमार पनि क्वारेन्टाइनमा बसेका छन् । दिलिप कुमार लामो समयदेखि बिरामी छन् र उमेर धेरै भएका कारण उनले विशेष सजगता अपनाउनुपर्ने हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाधिवेशनमा उपेन्द्रलाई इस्तियाकले चुनौती दिने
-
तार भूमिगतको विषयलाई लिएर काठमाडौँ महानगर र विद्युत् प्राधिकरण आमने सामने
-
बहिस्कृत नातिनीदेखि राष्ट्रिय सभा उपाध्यक्षसम्म
-
मुलुकको समृद्धिका लागि राजनीतिक स्थिरता आवश्यक : महासचिव पोखरेल
-
मैत्रीपूर्ण खेलको सुखद अन्त्य, तस्बिरहरू
-
‘मिस नेपाल पिस २०२४’मा २४ प्रतियोगी भिड्दै