कोरोनाभाइरस संक्रमण रोकथाम गर्न सरकारले गर्यो १५ निर्णय (भिडियो सहित)
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमण तथा रोकथामका निम्ति सरकारले विभिन्न १५ वटा महत्तवपूर्ण निर्णय गरेको छ ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले बुधबार सरकारले चैत मसान्तसम्म सबै विद्यालय र कलेज बन्द गर्नेलगायतका १५ वटा निर्णय गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले कारोनाको विषयमा भ्रम फैलाउने र सामान लुकाउनेलाई कारबाही गर्ने, सिनेमा हल, सांस्कृतिक केन्द्र, डान्स क्लवलगायतलाई ३० अप्रिल २०२० सम्म बन्द गर्नेलगायत छन् ।
समितिमा उपप्रधानमन्त्री पोखरेलसहित स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, गृहमन्त्री रामबहादुर थापालगायत उच्च सरकारी अधिकारी छन् ।
चीनको ऊहानबाट फैलिएको कोरोना विश्वका १६३ देशमा फैलिएको र भारतमासमेत तीन जनाको मृत्यु भइसकेको अवस्थामा नयाँ रणनीति बनाउने योजनासहित उच्चस्तरीय समितिको बैठक बसेको हो ।
बैठकले सर्वसाधारणलाई अत्यावाश्यक कामबाहेक हिँडडुल नगर्न समेत भनेको छ । त्यस्तै सार्वजनिक यातायातले सिट क्षमताभन्दा बढि यात्रु नओसार्न चेतावनी दिएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण