उजूरी सुरक्षित छन् : छानबिन आयोग
बुधबार, ०५ चैत २०७६, १८ : ३२
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले बेपत्ता पारिएका व्यक्तिबारे दर्ता भएको उजूरी सुरक्षित भएको जनाएको छ ।
आयोगका प्रवक्ता ईश्वरीप्रसाद ढकालले आज जारी गरेको प्रेस विज्ञप्तिमा आयोगमा विस्तृत छानबिनका लागि कूल दर्ता हुन आएका तीन हजार १९७ उजूरी रहेको र तिनमा विस्तृत अध्ययनका लागि दुई हजार ५०६ थान सुरक्षित रहेको उल्लेख छ ।
रोल्पाका पत्रकार धनबहादुर रोका मगर बेपत्ता भएको उजूरी हराएको भनी प्रकाशित समाचार तथ्यहीन भएको र उनीसँग सम्बन्धित उजूरी सत्य निरुपण तथा मेलमिलाप आयोगको क्षेत्रधिकारमा पर्ने भनी पूर्वपदाधिकारीले निर्णय गरेको हुनाले सोही सत्य निरुपण आयोगमा पठाइएको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण