इटलीमा कोरोना भाइरसका कारण एकैदिन ७ सय ९३ को मृत्यु
कोरोना भाइरसले पूरा संसारलाई गाँजेको छ । इटलीमा एकैदिन ७ सय ९३ को मृत्यु भएको छ । यो खतरनाक संक्रमणले संसारभरी अहिलेसम्म १३ हजार बढीको मृत्यु भइसकेको छ । साथै संक्रमितको संख्या ३ लाख नाघिसकेको छ । यद्यपि, चीनमा लगातार पछिल्लो तीन दिनदेखि घरेलु संक्रमणका कारण कोरोनाका एकजना पनि बिरामी भेटिएका छैनन् ।
कोरोना भाइरसका कारण इटलीमा सबैभन्दा धेरै मृत्यु भइरहेको छ । यहाँ अहिलेसम्म ४ हजार ८ सय २५ जनाको मृत्यु भइसकेको छ ।
अमेरिकी उपराष्ट्रपतिको कोविड–१९ परीक्षणः
अमेरिकी उपराष्ट्रपति माइक पेन्सको कार्यालयका एक कर्मचारी कोरोना भारसबाट संक्रमित पाइएका थिए । स्थानीय मिडिया रिपोर्ट अनुसार ह्वाइट हाउसका कर्मचारीको सन्दर्भमा कोरोना संक्रमणको यो पहिलो ज्ञात घटना हो । यस्तै, अब अमेरिकाका उपराष्ट्रपति माइक पेन्स र उनकी श्रीमतीको कोविड–१९ परीक्षण गरिएको छ ।
इरानमा अहलेसम्म १५ सय ५६ को मृत्यु:
इरानमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १५ सय ५६ को मृत्यु भएको छ । इरानमा अहिलेसम्म कोरोनाका २० हजार ६ सय १० संक्रमित भेटिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण